अबिवाहित दीपा भन्छिन् ‘बिहे नभएकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’?

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले आफ्नो ४६ औं जन्मदिन मनाइसकेका छन्। २०३२ साल चैत २८ गते मकवानपुरमा जन्मेका केदार पछिल्लो समय निकै चर्चामा आउने हास्यकलाकार हुन्। नेपाली सिने जगतसँग सम्बन्धित धेरै व्यक्तिहरु,उनका आफन्त तथा उनका प्रशंसकले उनलाई जन्मदिनको शुभकामना दिए ।

जन्मदिनको अवसरमा विहानैदेखि उनलाई शुभकामनाको आइरो लागेको थियो । हास्यकलाकार दीपकराज गिरीले उनलाई फेसबुकमार्फत शुभकामना दिएका थिए । उनले फेसबुकमा लेखेका छन् – आज भन्दा धेरै बर्ष अगााढि चैत्र २८ गते हेटौडामा केदार प्रसाद घिमिरे “जन्मिए। ‘। त्यस्का बाजे, “अत्यन्त खुशि भएर कति जना लाइ त लात्तिले हानेर बारिका पाटामा पनि पुर्याए होलान !!! खान लाउन नै मुश्किल पर्ने परिवार त थिएन। ठिकठाक परिवार थियो!! छोरो भबिष्यमा डाक्टर होला, इन्जीनियर होला भनेको छोरो त ठूलो भएर “ माग्ने “ पो भयो ‘‘“ हल्का रमाइलो” भन्दै कडा रमाइलो गर्न थाल्यो!!!तर यस्तो माग्ने भयो जस्का डाक्टर पनि फ्यान, इन्जीनियर, बकिल, नेता सबैले “आहा माग्ने” “ ओहो माग्ने” “ गज्जब माग्ने” भन्ने भयो‘ आजको मितिमा ३ करोड नेपालीको सर्वाधिक प्रिय हास्य कलाकार बन्न पुगे केदार उर्फ़ माग्ने । देशले राम्रो कलाकार पायो, पिताजीले सुपुत्र पाए, सीतादेबी ले असल पति पाइन‘। तर त्यो भन्दा महत्वपूर्ण कुरा मैले एक सहयोगी, एकाघरका भाइ झै लाग्ने प्रिय साथि पाएँ‘अर्काको उन्नति र प्रगतीमा कहिले रिस नगरि सधै एकजूट भएर सहकार्य गर्दै जाने दूर्लभ स्वभाब भएका प्यारो माग्ने बूढा!!! त्यसैले आजको दिनमा माग्ने बूढालाइ लाइ भन्दा पनि उस्लाइ जनामदिने बुबा आमा लाइ धन्यवाद छ ! नमन छ !!!प्रिय भाइ, साथि, मेरा दाहिने हात केदार प्रसाद घिमिरे जन्मदिनको लाखौ लाख शुभकामना, अझै धेरै उन्नती प्रगतीको कामना गर्दछू‘। जय शम्भो!!!

त्यसैगरी निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले पनि केदारलाई फेसबुकमार्फत शुभकामना दिएकी थिइन । उनले केदार र अभिनेत्री केकी अधिकारीसँग खिचिएको फोटो पोस्ट गर्दै निकै रमाइलो पारामा जन्मदिनको शुभकामना दिइन् । उनले लेखेकी छिन्, ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने।।।माग्नेबुढा।।।।हल्का रामाइलो।।। माग्नु जन्मदिनको शुभकामना है ।’