ऋतिकको ‘सुपर-३०’ चीनमा रिलिज हुने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरोना संक्रमणका कारण बन्द भएका चीनका हलहरूमा अहिले खुल्न सुरु भएको छ। चीनबाट सुरुवात भएको यो भाइरसका कारण हजारौँ मानिसको ज्यान गइसकेको छ। कयौँ मात्रामा संक्रमित छन्। भारतीय मिडियाले बताएअनुसार महिनौदेखि बन्द भएका चीनका चलचित्र भवनहरु खुल्न थालेका छन्। हालसम्म करिब ६ सय भन्दा बढी हल संचालनमा आइसकेका छन् भने केही हलहरू खुल्ने तयारीमा छन्।

यसैबीच बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ चीनमा रिलिज हुने भएको छ। कोरोनाको त्रास अझै साम्य भएपछि यस चलचित्र चीनमा रिलिज हुने पक्का भएको भारतीय मिडियाले बताएका छन्। सफल साबित भएको चलचित्र ‘सुपर ३०’लाई दर्शक तथा समीक्षक दुबैले निकै रुचाएका थिए। भारतबाट मात्रै यस चलचित्रले एक सय ४६ करोड ९४ लाख कमाएको थियो।

यसअघि बलिउड चलचित्र ‘अन्धाधुन’ले चीनबाट राम्रो पैसा कमाएको थियो। बलिउड चलचित्रको लागि चीन एकदमै राम्रो व्यापारिक स्थान बनिरहेको छ। निर्माण पक्षले चीन प्रदर्शनको लागि ‘सुपर ३०’को सेन्सर भइसकेको बताएको छ। तर, अहिले नै चलचित्रले हलबाट राम्रो कमाइ गर्नसक्ने अवस्था भने छैन ।