आँखा नदेख्ने आर्यन र नम्रताको ‘सुनौला हरदिन’ (क्लासिक गित)

...

classic nepali movieपुस १५, काठमाडौं । आउँदो म्यालेन्टाइन डे अर्थात माघ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म क्लासिकको ‘सुनौला हरदिन’ गितको भिडियो सार्वजनिक गरीएको छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित ‘क्लासिक’को पोष्टर रिलिज भएसँग चर्चा हुँदै आएको छ । त्यपछि जब ट्रेलर रिलिज गरीयो त्यस पश्चात अझ फिल्मलाई आशाबादी रुपमा हेरीएको छ ।

दिनेश राउतले निर्देशन गरेको ‘क्लासिक’मा आर्यन र नम्रता दुबैजना आँखा नदेख्ने भुमिकामा छन् । “यस अघि बनेको धेरै फिल्म आँखाले हेर्ने बनेका छन् अब एकपटक क्लासिकलाई मनले हेरौं”, निर्देशक दिनेशले आर्टिस्टखबर सँग कुरा गर्दै भने । “हामीले गितको भिडियोमा त्यस्तो नयाँ कुरा केहि प्रयोग गरेका छैनौं, तर फिल्ममा आर्यन र नम्रताको भुमिकामा चाहिने लोकेसन म्याच भएजस्तो लाग्छ । एकपटक मनले हेरीदिनुहोला”, दिनेशले भने ।

सार्वजनिक गितमा मेलिना राई र कोशिस क्षेत्रीको स्वर रहेको छ भने ताराप्रकाश लिम्बुको संगीत र दिनेश राउतको शब्द छ ।