राजधानीमा ‘धौली’को बिशेष शो

...

dhauli-nepali- filmपुस १६, काठमाडौं । फिल्म ‘धौली’को बुधबार काठमाडौंमा एक बिशेष शो गरीएको छ । गत साता बाट मोफसलमा रिलिज भएको फिल्म ‘धौली’ आउँदो शुक्रबार अर्था पुस १७ गतेबाट काठमाडौंमा रिलिज हुँदैछ ।

घनश्याम लामिछानेले निर्देशन गरेको ‘धौली’ को काठमाडौंको बागबजारको सिटीम्याक्समा बुधबारको बिशेष शोमा चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राई सहित बिभिन्न फिल्मकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

राजधानी बाहिरका हलहरुमा फिल्म चलिरहेकोले पनि फिल्मको बारेमा खासै धेरै भन्ने कुरा भएको भन्दै निर्देशक लामिछानेले अब दर्शकको प्रतिक्रियाको अपेक्षा गरेको बताए । ‘धौली’मा मुख्य भुमिकामा गीता अधिकारी छिन् भने गजित विष्ट उनका छोराको भुमिकामा छन् । साथै फिल्ममा अनु शाह, विष्णु गौतम, अर्जुन गोदार, विद्या कार्की, प्रकाश घिमिरे, शम्भु थापा लगायतको अभिनय रहेको छ ।