आर्टिष्ट खबर/बैशाख काठमाडौं।

अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल अभिनित चलचित्र ‘झ्यानकुटी’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा केही दिनदेखि रहँदै आएको छ। 'छ' दिनअघि युट्युबमा अपलोड गरिएको यस चलचित्र हालसम्म ३.५ मिलियनले हेरिरसकेका छन्। चलचित्रले हलमा दर्शकको खासै राम्रो साथ पाएको थिएन। अभिनेत्री निशा अधिकारीले निर्माण गरेको यस चलचित्रले हलबाट आफ्नो लगानी समेत उठाउन सकेको थिएन।

तर युट्युबमा भने चलचित्रले गजबको दर्शक पाएको छ। सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात र बेनिशाको अभिनय दर्शकले खुब रुचाएका छन्। प्रदीप भारद्वाजको कथा लेखन रहेको चलचित्रमा सौगात र बेनिशासँगै सुमि मोक्तान, जीवन भट्टराई, पुष्कर गुरुङ लगायतको पनि अभिनय रहेको छ। हरी हुमागाईंले खिचेको यस चलचित्रले दर्शकको अधिकाशं सकारात्मक प्रतिक्रया पाएको छ।