पल शाहले फेरी प्राविधिकलाई राहत बाँडे

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/बैशाख काठमाडौं ।</span></pre><p style="text-align: justify;">सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका लागि बिगत डेढ माहिना अघिदेखि देश लकडाउन गर्दै आएको छ। नेपालमा झन बढी संख्यामा दिनदिनै कोरोना संक्रमण देखिन थालेपछि लकडाउनको अवधि अझैँ लम्बिने देखिन्छ। यसले दैनिक ज्याला मदजुरी गर्ने मानिसहरुलाई बिषेश असर पारेको छ। यस्तै लकडाउनका कारण हरेक क्षेत्रको कारोबार ठप्प भएको छ ।</p><p style="text-align: justify;">लकडाउनका कारण अहिले&nbsp;सिने&nbsp;क्षेत्र पनि सुनसान छ। सिने क्षेत्रलाई आफनो कार्यथलो बनाएका केही प्राविधिकहरु अहिले मारमा परेका छन्। उनीहरुमा परिआएको संकटलाई मध्यनजर गर्दै यतिबेला धेरे चलचित्रकर्मीहरुले&nbsp; प्राविधिकहरुलाई केही राहत वितरण गर्दै आएका छन्। यसैगरी अभिनेता पल शाहले फेरी प्राविधिकहरुलाई दोश्रो पटक राहत वितरण गरेका छन्। उनले प्राविधिकहरुलाई मात्र नभएर आवश्यक अन्य व्यक्तिलाई समेत राहत वितरण गरेका छन्। केही समयअघि चलचित्र प्राविधिकलाई पल शाहले पाँच लाख बराबरको राहत वितरण गरेका थिए। उनी लगायत अन्य चलचित्रकर्मीहरुले पनि चलचित्र प्राविधिकलाई राहत वितरण गर्दै आएका छन्।&nbsp;</p>