५ महिने बालक बचाउन अहोरात्र खटिदै कलाकार स्वस्तिकाका दिदीबहिनी

असार, काठमाडौं ।  कलाकार स्वस्तिका लामिछाने बिरामी पाँच महिनाको बालकलाई बचाउन लागिपरिरहेकी छिन् । बिगत केहिसमय देखी लिभर (कलेजो)को समस्याले काठमाडौंको मेट्रो अस्पतालमा उपचार गराइरहेका शिभान्स श्रेष्ठको उपचारका लागी कलाकार स्वस्तिकाले सहयोग जुटाउँदैछिन् ।

दोलखा चरिकोट भिमेश्वर नगरपालिका ६ घर भएका विकाश श्रेष्ठ र सरिता श्रेष्ठका पाँच महिनाका छोराको उपचारका लागी आर्थिकस्थिती कमजोर भएपछि सहयोगको अपिल गरिरहेका छन् ।

बिरामी बालकको अवस्था देखेपछि र परिवारको कमजोर आर्थिकस्थितीको बारेमा थाहापाएपछि कलाकार स्वस्तिका र उनकी बहिनी सितल लामिछाने पछिल्लो केहिदिन देखी सहयोग जुटाउन लागिपरेका छन् । दिदीबहिनीले आफ्नो ब्यक्तिगत तर्फबाट रु. १० हजार रुपैंया सहयोग गर्दै अन्य सहयोगका लागी अन्य सहयोगी मनहरुलाई अपिल गरिरहेका छन् । यस्तै उनीहरुले एभिन्यूज टेलिभिजनको कोरोना कहर एभिन्यूज पहल कार्यक्रममार्फत रु. १ लाख ७० हजार रुपैंया पनि हस्तान्तरण पनि भइसकेको जानकारी दिएका छन् ।

हामीले सहयोग उठाइरहेका छौं । अहिलेको लकडाउनको फुर्सदको समयमा आफूहरुले केहि पहल गर्दा कसैको जीवन बाच्छ भने किन नगर्ने भनेर केहिदिन देखी सहयोगी मनहरुलाई भेट्ने र सहयोग जुटाउने काम भइरहेको छ । कलाकार स्वस्तिकाले आर्टिष्ट खबरसँग भनिन् । उनका अनुसार बालकको उपचारका लागी ४० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ । बालकको थप उपचारका लागी भारतको चेन्नई लैजानुपर्ने भएकाले पनि उपचारका लागी निकै ठुलो रकम चाहिने भएकाले सहयोगका लागी अपिल गरेको बताउँछन् ।

यस्तै काठमाडौंको बासबारीबाट पुर्णमाया डैगोलबाट ५ हजार ५ सय ५, हात्तिगौडाबाट (नाम नखुलाइएको) ५ हजार ५, म्हेपीका उत्तम भट्टबाट ५ हजार ५५, बनस्थलीकी राधा देवी काफ्लेबाट ५ हजार ५ सय ५५, बालाजुका बेबी पाठकबाट ५ हजार ५, चामती बनस्थलीका डमर गमारबाट १५ हजार ५ सय ५५ सहयोगको घोषणा भइरहेको र उक्त रकम संकलनको काम भइरहेको पनि स्वस्तिकाले बताइन् ।

बालकलाई सहयोग गर्न चाहानेका लागी परिवारले बैंक खाता नम्बर तथा मोबाइल नम्बर सार्वजनिक गरेका छन् । जसका लागी चिरिकोट दोलखा शाखामा रहेको सिटीजन बैंकमा बिकाश चन्द्र श्रेष्ठको नाममा रहेको खाता नं ०२८०१०००००५६१०२७ मा रकम पठाउन सकिनेछ । यस्तै ९८४९२५५५८५ नम्बरमा फोन गरेर प्रत्यक्ष कुरा गर्न सकिनेछ ।

यो पनि पढ्नुहोस् ।

स्वस्तिकाको मनः अस्पतालका बिरामीलाई २० दिनसम्म आफैले खाना पकाउँदै खुवाउँदै