आलोचित बनेपछि दीपाश्रीले मागिन् माफी

काठमाडौं, असार ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालका शुभचिन्तकहरुसँग माफि माग्नुभएको छ। एक अन्तर्वातामा राजेश हमाल पनि हुुनुहुन्छ र भनेर आफूले दिएको अभिव्यक्तिप्रति शब्द चयनमा भएको गल्ती महसुस गर्दै उहाँले सामाजिक सञ्जालमार्फत माफि माग्नुभएको हो। केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा राजेश हमाललाई व्यक्ति विशेषले महानायकको ट्याग लगाइदिएको भन्दै हमालले नेपाली चलचित्र उद्योग अफ्ठ्यारोमा पर्दा सहयोग नगरेको भन्दै उहाँले राजेश हमाल पनि हुनुहुन्छ र भन्नुभएको थियो। बलिउडमा चलचित्र क्षेत्र तथा जनता अफ्ठ्यारोमा पर्दा अमिताव बच्चनले अझै पनि सहयोग गरिरहेको र चलचित्र खेलिरहेको तर राजेशले सहयोग नगरेको उहाँले बताउनु भएको थियो। दीपाश्रीले कोरोनाका कारण चलचित्र प्राविधिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीहरुले सहयोग गरे पनि राजेशले सहयोग नगरेको भन्दै आफ्नो नैतिक जिम्मेवारीबाट भागेको टिप्पणी गर्नुभएको थियो ।

यसैबिच दीपाश्रीले आफूले राजेश हमाललाई अपमासनित नगरेको भन्दै गुनासो मात्रै गरेको स्पष्ट पार्नुभएको छ। “मैले चलचित्र क्षेत्रकों महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिबाकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले यो विषयमा बोलेको हूँ । के प्रधानमन्त्री, के महानायक, के कलाकार अथवा के भगवान सबैसँग गुनासो गर्न पाइन्छ,” दीपाश्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्, “एउटा उच्च सम्मानमा बसेको मान्छे बाट केही आशा पनि हुन्छ नै मेरो आशय त्यकि मात्रा हो ।”

उहाँले राजेश हमाल सुपरस्टार रहेको भन्दै उहाँलाई सुपरस्टार होइन भन्ने आफ्नो हैसियत थिएन, छैन र हुने पनि छैन भन्नुभएको छ । राजेश हमाल नै आफ्नो पहिलो चलचित्रको नायक भएको भन्दै उनीप्रति आफ्नो सधैं सम्मान रहेको दीपाश्रीले स्पष्ट पार्नुभएको छ। “हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पीडामा मलम पनि लगाउन सक्नु पर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन पनि,” दीपाश्री लेख्नुहुन्छ, “तथापि मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म हमालज्यूका सबै फ्यानसँग माफी माग्छु । र भबिष्यमा अन्तर्वार्ता दिँदा पत्रकारको आशय र उसको उद्देश्य बुझेर शब्द संयोजनमा सचेत भएर जवाब दिने प्रयास गर्नेछु।” उहाँले आफूलाई अपशब्द प्रयोग गरेर गाली नगर्न पनि आग्रह गनुभएको छ।

यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ