‘उपाध्यायका ३२ विश्व रेकर्ड देशकै लागि गौरव’

कृष्ण भुसाल/ साउन, काठमाडौं ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले डा. डीआर उपाध्यायले गीत संगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गरेर देशकै गौरव बढाएको बताउनुभएको छ । आइतबार राजधानीमा डा. डीआर उपाध्यायका एक साथ १७ विश्व रेकर्ड सार्वजनिक तथा हस्तान्तरण कार्यक्रममा मन्त्री यादवले डा. उपाध्यायले विश्व रेकर्ड मार्फत नेपाल चिनाउने काम गर्नुभएको बताउनुभयो ।

गीत संगीतका क्षेत्रमा यस अघि गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न १५ विश्व रकेर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायका आइतबार राजधानीमा सामाजिक दुरी कायम गर्दै भएको कार्यक्रममा एक साथ १७ विश्व रेकर्ड विभिन्न दश संस्थाहरुले प्रदान गरेका हुन् ।

‘‘यसअघि गीत संगीतबाट विभिन्न १५ विश्व रेकर्ड बनाउनु भएका डा. डीआर उपाध्याका एक साथ १७ विश्व रकेर्ड सार्वजनिक’’

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष चुण्डामणी देवकोटा, एभरेष्ट वल्र्ड बुकका फाउण्डर अध्यक्ष मधुरा श्रेष्ठ, उपाध्यक्ष शुभ मुकारुङ, महासिचव वसन्त वित्यासी थापालगायतको आतिथ्यतामा डा. उपाध्यायका १७ विश्व रेकर्ड, चार गीति एल्वम र एक २ इन्चको विश्वकै सानो गीति सङ्ग्र पुस्तक ‘अनुभुतिको मझेरी’ सार्वजनिक भएको गरिएको हो ।

दुई साता अघिमात्र १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत तयार गरेर गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्नुभएका गीतकार डीआर उपाध्याले यतिबेला फेरि १७ फरक विधामा विश्व कीर्तिमान कायम गर्नु नेपालकै लागि गौरवको विषय भएको गीतकार संघका अध्यक्ष चुण्डामणी देवकोटाले बताउनु भयो ।

डा. उपाध्यायलाई आइतबार एभरेष्ट वल्र्ड रेकर्ड, अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, वल्र्ड बुक आफ रेकर्ड युनाईटेड किंगडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रकेर्ड, युनिभर्सल रेकर्ड फोरम जस्ता १० संस्थाले एकसाथ १७ विधामा वल्र्ड रेकर्ड प्रदान गरेका हुन् । एकसाथ १७ विधामा वल्र्ड रकेर्ड प्रदान गरिएको सायद यो पहिलो पल्ट नै होला एभरेष्ट वल्र्ड रकेर्डका मधुरा श्रेष्ठले भन्नु भयो ।

उपाध्यायले नारी एवम् पुरुषले दुबै प्रति कस्तो  माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत, एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत, हुलाक टिकटमा प्रकाशित विशष्टि नेपाली व्यक्तिहरुको नाम कामबारे बनाइएको गीत, सांकेतीक भाषाको गीत, अक्षर अक्षरको गीत एउटा पुरुष र अर्को नारी स्वरमा, तीनवटा सप्तकमा बनेको गीत, सगरमाथा हिमाल आरोहण गर्नेहरुको अत्याधिक नामबाट बनाइएको गीत, अहिलेसम्म नेपालमा प्रकाशित भएका उपन्यासको नाम बाट बनाइएको गीत, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनाइएको गीत, एउटा गीतमा धेरै थरिका रुख  बोटबिरुवाको नाम प्रयोग गरिएको गीत, एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारमा सबै भन्दा सानो आकारको गीति पुस्तक (२ वाई २ इन्च), एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिे एकै पटक पढेको जस्ता विभिन्न विधामा थप १७ विश्व रकेर्ड कायम गर्नुभएको हो ।

उपाध्यायले ‘म समाजका लागि गीत लेख्छु, आत्मसन्तुष्टिका लागि गीत लेख्छु’, भन्दै आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत लेखेकको नभई लेख्दै जादा गीत मार्फत विभिन्न पुरस्कार, अवार्ड तथा रकेर्ड राख्न सफल भएको बताउनु भयो । डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता यसअघि १९ वटा गीति एल्वम सार्वजनिक थिए भने आइतबार ‘चाहनाको महल’, ‘कत्वर्य बोध’, ‘धरोहर’ र ‘हृदयको झंकार’ गरी चार एल्वम सार्वजनिक भएका छन् । त्यस्तै उपाध्यायका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।

डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उनका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् । उनका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उनका ।

२०७५ साल असार ८ गते पहिलो एल्वम ‘प्रणय’ स्रोता÷दर्शकमाझ ल्याउनुभएका डा. उपाध्यायले २०७५ सालको मंसिरमा सातवटा गीतिएल्बम, जेठमा तीन गीति एल्बम, २०७६ कात्तिकमा सात गीति एल्बम र फागुनमा एक गीति एल्बम गरी १९ वटा गीति एल्बम स्रोता÷दर्शकमाझ ल्याउनुभएको थियो । यसरी उहाँले छोटो समयमै धेरै गीत सार्वजनिक गर्नुभएको छ ।

‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. उपाध्यायलाई गीतकार संघ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीतकार पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत–संगीतका अवार्डमा पनि उहाँका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।

गीत लेखर बिभिन्न विधामा ३२ विश्व रकेर्ड कायम गरेका उपाध्यायको कार्य नेपालकै लागि गौरवको कुरा हो । आइतबार समपन्न १७ विश्व रकेर्ड हस्तान्तरण तथा सार्वजनिक कार्यक्रमको सहजिकरण सञ्चारकर्मी तथा गीतकार नरेश भट्टराईले गर्नुभएको थियो ।

(आजको हिमालय टाइम्समा प्रकाशित छ)