सञ्जय दत्तको छातिमा समस्या

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">बलिउडका चर्चित अभिनेता सञ्जय दत्तमा छाती र अक्सिजनको मात्रामा समस्या देखिएपछि शनिबार साँझ लीलावटी अस्पतालमा भर्ना गरिएको छ । ६१ वर्षीय दत्तलाई अस्पताल लग्नेबितिकै&nbsp; (¥यापिड एन्टिजेन) परीक्षण गरी कोरोना परीक्षण गरिएकामा रिपोर्ट नेगेटिभ आएको छ । त्यसपछि गरिएको आरटी(पीसीआर परीक्षण पनि नेगेटिभ आएको चिकित्सकले पुष्टि गरेका छन् ।<br></p><p style="text-align: justify; ">सञ्जयको मेडिकल प्यारामिटर र अक्सिजन स्तर किन खस्केको भनेर थाहा पाउन अझै थप केही परीक्षण गर्न बाँकी रहेको उहाँको उपचार गरिरहेका डा. जलिल पारकरले बताउनु भएको छ ।&nbsp; डा. जलिल पारकर स्वयं गत माहिनामात्रै कोरोना संक्रमण मुक्त भएर नियमित काममा फर्किएका चिकित्सक हुन् । सञ्जयलाई (इन्टेन्सिभ केयर) मा भर्ना गरिएको तर स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छ्न् ।&nbsp;</p><p style="text-align: justify; ">अभिनेता स्वयंले पनि ट्विटरमार्फत आफ्नो स्वास्थ्य स्थिर रहेको र कोरोनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘सबैमा जानकारी दिन चाहन्छु कि मेरो स्वास्थ्य अवस्था ठीक छ, र मेरो कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । लीलावती अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरुको हेरचाहले छिटै घर फर्किनेछु । तपाईंहरुको आशीर्वाद र प्रार्थनाका लागि धन्यवाद ।’</p>