नेपाली नायिका निरिशाको भारतीय सिरियलमा कमब्याक

साउन, काठमाडौं ।

नेपाली नायिका निरिशा बस्नेतले भारतीय सिरियलमा कमब्याक गरेकी छिन् । नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी निरिश तिनबर्ष अघि पनि भारतीय सिरियलमै काम गरेकी थिइन् । अहिले आएर पुनः सिरियलमा जोडिएकी हुन् ।  उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेको जानकारी दिएकी छिन् । यो सिरियलमा उनको केमियो भूमिका छ । तर, केमियो भएपनि भूमिका शक्तिशाली रहेको उनको तर्क छ ।

हाल भारतको मुम्बईमा रहेकी निरिशालाई कोरोना संक्रमण भएको थियो । अहिले कोरोना संक्रमणबाट मुक्त भइसकेकी निरिशाले भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत अभिनय गरेकी छन् । उनले अहिले सिरियलको आफ्नो भागको छायांकन पूरा गरिसकेको बताएकी छिन् ।  ‘सब टिभी’ बाट ब्रोडकास्ट हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको छ ।

निरिशाले एक साउथ इन्डियन चलचित्र पनि साइन गरेको बताएकी छिन् । यो चलचित्रको छायांकन सुरु भएकै दिनबाट भारतमा लकडाउन भएपछि निरिशा मुम्बई फर्किएकी थिइन् । लकडाउन खुलेपछि चलचित्र छायांकनका लाग चेन्नई जाने उनले बताइन् ।

Related Video Report: