५० बर्षमा मनिषा

भदौ, काठमाडौ ।

अभिनेत्री मनिषा कोइराला ५० बर्ष पुग्नुभएको छ । १९७० अगस्ट १६ मा काठमाडौंमा जन्मिनु भएकी मनिषा नेपाली र बलिउड दुबै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई आइतबार सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिनेको ओइरो देखिन्थ्यो ।

नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको सानोमा डाक्टर बन्ने सपना पनि थियो । तर करियरका लागि भने उनले मोडलिङ र फिल्म अभिनय रोजिन् । सन् १९८९ मा  नेपाली फिल्म ‘फेरी भेटौँला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी हुन् । उनले बलिउडमा लामै समय राज गर्नुभयो । १९८९–२०१२ सम्म करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष अभिनयबाट टाढा रहनुभयो ।

क्यान्सर रोगलाई जितेर सन् २०१७ देखि पुनः फिल्मी क्षेत्रमै सक्रिय बनेकी मनिषाले अभिनय गरेको हिन्दी फिल्म ‘सञ्जु’ बलिउड बक्स अफिसमा ब्लक बस्टर सावित भएको छ । फिल्ममा उनले संजय दत्तकी आमा नरगिसको भूमिका निभाउनु भएको थियो । सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । हाल उनी आमाबाबु सुष्मा र प्रकाश कोइरालासँग बस्दै आउनु भएको छ ।

पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादमा मनिषाको भनाइले चर्चा पायो । उनले सीमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति भारतीय नागरिकहरुले उनको चर्को आलोचना गरे । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा रहनु भएको थियो ।