हरिवंश आचार्य दम्पत्तिमा कोरोना संक्रमण

आर्टिष्ट खबर, असोज, काठमाडौं ।

हाँस्य अभिनेता हरिवंश आचार्य दम्पत्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको स्वाब परिक्षणमा मंगलबार हरिबंश र उहाँकी श्रीमती रमिलामा कोरोना संक्रमण पुष्टि भएको हरिवंशले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएकोछ, ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको पिसिआर परिक्षण गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो  । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ , हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला ।’

हरिवंशले अगाडी लेख्नुभएको छ, ‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं  ।’