रोकिएको सक्किगोनि मंसिर २० बाट हिमालय टिभीमार्फत आउने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपालमा पनि कोरोना भाइरस संक्रमण फैलन थालेपछि रोकिएको हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ आउँदो मंसिर २० बाट प्रसारणमा आउने भएको छ । यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यस टेलिश्रृंखला अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुने कलाकार सागर लम्साल (बले)ले जानकारी दिए ।

‘दर्शकको प्रतिक्षाको घडि सकिएको छ । आउँदो मंसिर २० बाट हिमालय टेलिभिजनमार्फत आउने छौं ।’ सागरले आर्टिष्ट खबरसँग भने । उनले समय भने तय नभइसकेको जानकारी दिएका छन् । पछिल्लो समयको टेलिभिजन श्रृंखलाहरु मध्ये लोकप्रिय टेलिश्रृंखलामा ‘सक्किगोनि’ पनि पर्दछ । यसको अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) लेखक तथा निर्देशक हुन् ।

Video: