राजा राजेन्द्रको ‘पिरतीको चस्मा’ (भिडियो)

कात्तिक, काठमाडौं ।

हाँस्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । टिकटकमा पछिल्लो समय निकै भाइरल भएकी जुम्ल्याहा दिदीबहिनी समारिका र स्मारिका ढकाल र जितु नेपालको अभिनय रहेको भिडियो सार्वजनिक भएको हो ।

समारिका र स्मारिकाले पहिलो पटक अभिनय गरेको गीतको भिडियोमा जितु नेपाल मुन्द्रेले जीवनमा पहिलो पटक अभिनय गरेका हुन् । आफूले अहिले सम्म म्युजिक भिडियोमा अभिनय नगरेको भएता पनि पहिलो पटक नाँच्दा रमाइलो अनुभव भएको बताए ।

राजुबाबु श्रेष्ठको शब्द तथा राजनराज शिवाकोटीको संगीत तथा राजन इशानको संगित संयोजन रहेको गीतमा राजा राजेन्द्र पोखरेलको स्वर रहेको छ। माइकल चन्दको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन विकास दहालले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

गीतमा जीतु नेपाल, समारिका,स्मारिका ढकालका साथमा प्रथम खड्का, सुमन कार्की, प्रभात लामा लगायतकाको अभिनय रहेको छ। पिरतीको चश्मा बोलको गीतको भिडियो राजाराजेन्द्र पोखेरलको आफ्नै आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।