विशालको जिम्मामा डान्स मास्टर लिटल च्याम्प्स

मंसिर, काठमाडौं ।

बालबालिकाहरुका लागी नयाँ डान्सिङ रियालिटी सो बन्ने घोषणा भएको छ । कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि ‘डान्स मास्टर लिटल च्याम्प्स’ बनाउने बताउनु भएको छ ।

कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरेका थिए । तीनजना जज र एकजना सुपर जज रहने छन् । सोमा बलिउडमा कार्यरत् नेपाली मुलका डान्सर निर्णायक रहनेछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै फस्ट रनर्सअपले १५ लाख र सेकेन्ड रनर्सअपले १० लाख रुपैयाँ पाउने छन्। पुरस्कार रकमको ५० प्रतिशत कोरियोग्राफरको हुनेछ ।

कमेडी च्याम्पियनको दोश्रो सिजन प्रसारण जगत्तै उक्त नृत्य प्रतिस्पर्धा सुरु हुनेछ । कमेडी च्याम्पियनको डिजिटल अडिसन सकेर फिजिकल अडिसनको तयारीमा हुँदैछ ।