प्रतिनिधि काभ्रेली कथासङ्ग्रह प्रकाशन

आर्टिष्ट खबर, मंसिर, काभ्रे ।

काभ्रेली स्रष्टाहरूको कथासङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथासङ्ग्रह’ का रूपमा प्रकाशनमा आएको छ ।  पनौती साहित्य समाजले संस्था स्थापनाका १२ वर्ष पूरा गरेको तथा तिहार एवं नेपाल संवत् ११४१ को अवसर पारेर संस्थाको नियमित प्रकाशनलाई कथा विशेषांङ्कको स्वरूप दिएको हो ।

पनौती साहित्य दर्पण (भाग ४) लाई काभ्रेली स्रष्टाहरूको कथासङ्ग्रह ‘प्रतिनिधि काभ्रेली कथासङ्ग्रह’ का रूपमा प्रकाशित गरेको समाजका उपाध्यक्ष एवं कथासङ्ग्रहका प्रधानसम्पादक डा. सुमनराज ताम्राकारले बताउनु भएको छ । कथा विधामा काभ्रे निकै बलियो रहेको बताउँदै काभ्रेका धेरै महिला पुरुष कथा विधामा सक्रिय रहेको बताइएको छ । काभ्रेको कानपुर पुखर््यौली घर भएका गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा मानिन्छन् । काभ्रेकै तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारकारूपमा गणना हुन्छिन् ।

यस विशेषाङ्क कथासङ्ग्रहमा सामाजिक, पौराणिक, द्वन्द्वकथा, सीमान्तकृत एवं प्रादेशिक कथाकासाथै हास्य कथाहरू गरी ३९ काभ्रेली कथाकारका कथा समेटिएका छन् । संग्रहमा गुरुप्रसाद मैनाली, तुषार मल्लिकाकासाथै टंकनाथ शास्त्री, कृष्णप्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजित, हरिवंश आचार्य, अम्बु भवानी कार्की, फूलमान वल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हीरामाया घिसिङलगायतको कथा समेटिएका छन् ।