पुस १९, काठमाडौं । गएको शुक्रबार बाट अल नेपाल रिलिजमा आएको फिल्म ‘बिच बाटो’ लाई राम्रै सफलता मिल्यो । राजधानी लगायत बाहिरका करिब ५० हलमा एकै साथ प्रदर्शन भएको सो फिल्ममा शुक्रबार र शनिबारको शोमा दर्शक निकै नै देखिएका थिए । राजधानीका हलहरुको कुरा गर्दा शुक्रबार र शनिबारको शो मा अधिकांश हल हाउस फुल भए । फिल्ममा समावेश पप्पी देउन बोलको गित फिल्म लाग्नु अघि निकै हिट भएको थियो ।
फिल्म ‘बिचबाटो’ लाग्दा कुनै नयाँ हिन्दी फिल्म हलमा नलागेको र धौली पनि राजधानी भित्र मात्र भएकोले पनि फिल्मलाई अझ बढि फाइदा भएको बुझ्न सकिन्छ । फिल्म युनिट राजधानीको बाइबास स्थित अष्टनारायण हलमा पुग्दा उपस्थित सयौं दर्शकले फिल्मका नायक शुशिल क्षेत्रीलाई नउचाली बस्नै सकेनन् साथमा फिल्मकी नायिका जश्मिन श्रेष्ठलाई पनि थुप्रै दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताइन् । फिल्म हेरेर फिल्मकै कलाकार सँग फोटो खिचाउन तम्सिएका दर्शकहरु फिल्ममा भएको सेल्फिको जमाना गित गाउँदै सेल्फि खिचेको थिए ।
निर्माता राजेश शाहीले आफुले फिल्मले कमाउने दर्शक सोंचे भन्दा बढि भएको बताए । दर्शकको उल्लेखनीय उपस्थिती रह्यो, हामीले सोचे भन्दा पनि राम्रो भयो त्यसमा निकै खुसी छौं, निर्माता शाहीले आर्टिस्ट खबरसँग कुरा गर्दै भने । फिल्मलाई ऋषि न्यौपानेले निर्देशन गरेका हुन् ।
फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस् ।