पशुपतिकै वरिपरी ‘पशुपतिप्रसाद’, गित पनि बाहिरीयो (भिडियो)

...

khagendra lamichhane - pasupati prasad movieपुस १९, काठमाडौं । फिल्म पशुपति प्रसाद आउदो माघ १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यसैक्रममा फिल्मका ट्रेलर, गितहरु बाहिरीरहेका छन् । केहि समय अघि ट्रेलर बाहिरीएको थियो भने अहिले पशुपतिप्रसादको गित बाहिरीएको छ । विश्वभरी नै चर्चा रहेको पशुपति मन्दिरलाई केन्द्र बनाएर फिल्म पशुपतिप्रसादको छायांकन गरीएको छ । गित र ट्रेलर हेर्दा पशुपतिको वरिपरी हुने क्रियाकलापलाई समेटेर एक पात्रले आफनो ऋण तिर्न सकस गरीरहेका छन् ।

पशुपतिप्रसादको मुख्य भुमिकामा खगेन्द्र लामीछाने देखिएका छन् । यसअघि टलकजंग भर्सेज टुल्केबाट हिट भएका खगेन्द्रले पशुपतिमा पनि फरक भुमिका निभाएका छन् । टुल्केमा हिट भएका खगेन्द्र पशुपतिमा कत्तिको हिट हुन्छन् त्यो भने माघ १५ लाई कुर्नु पर्नेछ ।

अनुपमको शब्द संगीत रहेको गीत गाउन विजय बरालले पनि साथ दिएका छन् । दिपेन्द्र के खनालले निर्देशन गरेका पशुपतिप्रसादको गीतमा पशुपति वरपरका दृश्यहरु नै देखिन्छन् । मन तारको सारङ्गी बोलको गीतमा श्रोताले फरक स्वाद पाउने छन् ।