पुस १९, पोखरा । ‘नेपाल पहिलेको नेपाल रहेन, तर राजेश उही राजेश हो’ यो डाइलग हो पौष २४ गते अल नेपाल रिलिज हुन लागेको चल्चित्र ‘बाग्मती’को, जसका मुख्य पात्र हुन महानायक राजेश हमाल ।
साउथ इन्डियन टेक्नोलोजी अनी नयाँ फेलेवरका साथमा निर्माण भएको उक्त चल्चित्रमा राजेश हमालको अभिनयमा दर्शकले नयाँ स्वाद लिने निर्माण युनिट ले आज पोखरामा भएको एक पत्रकार सम्मेलन कार्यक्रममा जानकारी दिइएको छ । उसो त सबैले मन पराएका नायक राजेश हमाल भएकै कारण पनि चलचित्र चल्नेमा निर्माण युनिट विश्वस्थ छ ।
अहिले सम्मकै महँगो चल्चित्र बाग्मती करीब साढे दुई करोडको लगानिमा निर्माण भएको चल्चित्र युनिटले जानकारी दिएको छ । दिनेश दर्शन धारी र विजय सत्याल को लगानिमा निर्माण भएको चलचित्रलाई साउथइन्डियन निर्देशक सन्नी केरेला ले निर्देशन गरेका हुन भने चलचित्रमा मुख्य पात्र राजेश हमाल सहित शिव श्रेष्ठ ,केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला ,श्रेया कार्की, रविकर प्रसाद घिमिरे, बाल कलाकार कञ्चन को अभिनय रहेको छ ।
-सन्तोष बस्याल बाट