‘गहिरो थियो मेरो माया’ रिलिज

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

काठमाडौं प्रदर्शनको प्रतिक्षामा रहेको सिनेमा ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारी अभिनित तथा निर्देशित म्युजिक भिडियो ‘गहिरो थियो मेरो माया’ रिलिज गरिएको छ ।

सनुप पौडेलको स्वर रहेको गीतको भिडियो भ्यालेनटाइनस् डेको अबसर पारेर आइतबार रिलिज गरिएको हो । अष्ट्रेलियामा छायांकन गरिएको गीतको मेकिङ उच्च देखिनछ । अजय कुमार अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई चन्द सिंहले एरेञ्ज गरेका हुन् ।

सार्वजनिक भिडियोमा निर्देशक अधिकारीका अलवा निखिला बुढाथोकी, बालकलाकार अभनीस देव अधिकारी र अर्चेरको अभिनय रहेको छ । निरञ्जन प्रधानको डिओपि रहेको गीतमा स्टोरमक्रो फ्रेम वर्क होबर्ट अष्ट्रेलियाको सम्पादन तथा कलरकरेक्सन रहेको छ । निर्माता अधिकारी ‘घर’ ‘आमा’ र ‘चिसो मान्छे’का सह निर्माता हुन् ।