धुर्मुस सुन्तली निरन्तर सामाजिक कार्यमा, फेरी भुकम्पपिडितलाई २० लाखको ब्ल्याङ्केट वितरण

...

dhurmus suntali in sindhupalchowkपुस २०, काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) निरन्तर सामाजिक कार्यमा सक्रिय देखिएका छन् । नेपालमा बैशाख १२ गते गएको ठुलो भुकम्प पछि धुर्मुस सुन्तली निरन्तर सामाजिक कार्यमा अग्रसर देखिएका हुन् । भुकम्प गएको नौं महिना बितिसक्दा पनि यि कलाकारहरु निरन्तर जिल्ला बाहिरका भुकम्प पिडितहरुलाई सहयोग गर्दै हिडिरहेका छन् । यसैक्रममा धुुर्मुस सुन्तलीको विशेष पहलमा ‘नेपाली समाज टेक्सस अमेरिका’ले सिंगो गाविसलाई नै २० लाख बराबरको ब्ल्याङ्केट वितरण गरिएको छ ।

केहि दिन अघिमात्र पुर्व पश्चिम राजमार्ग सरसफाई कार्यक्रम सकेका धुर्मस सुन्तलीले सिन्धुपाल्चोकका ८ सय १६ परिवारलाई न्यानो ब्ल्याङ्केट वितरण गरेका हुन् । उनीहरुले यो भन्दा अघि दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए ।

dhurmus suntali in sindhupalchowkजाडो अत्यधिक बढेकाले भुकम्पपडितहरुलाई निकै नै समस्या भएकोले यस्तो सहयोग गरेको सितारामको भनाई छ । यस अघि आर्टिस्ट खबर सँग कुरा गर्दै कलाकार सिताराम कट्टेलले आफुहरुको यो कार्यक्रम निरन्तर अघि बढ्ने बताएका थिए ।
dhurmus suntali in sindhupalchowk
dhurmus suntali in sindhupalchowk