बाहिरीयो ‘क्लासिक’को अर्को यस्तो गित, हेर्नुस जोकोहिको पनि मन छुन सक्छ (भिडियो)

...

namrata shrestha in classicपुस २०, काठमाडौं । फिल्म ‘क्लासिक’को दोस्रो गित पनि बाहिरीएको छ । आउँदो माघ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको क्लासिकको यो भन्दा अघि ट्रेलरसुनौलो हर दिन बोलको गित सार्वजनिक भइसकेको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ अभिनित फिल्म ‘क्लासिक’को सार्वजनिक यो दोस्रो गितमा अभिनेत्री नम्रता फोकस देखिएकी छिन् । आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा रहेको क्लासिकलाई प्रतिक्षित फिल्मको रुपमा हेरीएको छ । सार्वजनिक गितमा मेलीना राईको स्वर रहेको छ भने डा. कृष्ण हरी बरालले शब्द भरेका छन् । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।

फिल्म क्लासिकको सार्वजनिक ट्रेलरगित पनि हेर्नुहोस् ।