प्रत्येक अभिभावक सचेत गराउने ‘सावधान’ (फिल्म सहित)

आर्टिष्ट खबर चैत, काठमाडौं ।

बालयौन शोषणको कथा बोल्ने अभिनेत्री वर्षा राउतको अभिनय रहेको सर्ट मुभी सावधान युट्युबमा सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाको निर्देशन रहेको यस चलचित्रमा घरभित्रै आफन्तद्दारा हुने यौनशोषणलाई उठान गरिएको छ । चलचित्रमा एक मामाले आफ्नै भान्जीलाई यौन क्रिया गरेको देखाइएको छ । साना बालिका यौन शोषित भइरहँदा पनि उनीहरुको कुरालाई नसुनि बेवास्ता गरेको चलचित्रमा देखाइएको छ ।

१० मिनेट लामो  यस चलचित्रमा बाल यौन शोषितको रुपमा काव्या अधिकारीले अभिनय गरेकी छिन भने उनको आमाको भूमिका वर्षा राहुतले निर्वाह गरेकी छिन् । यसैगरी बुबाको भूमिकामा प्रविण खतिवडा रहेका छन् । उनीहरुका अलवा चलचित्रमा आर्जेश रेग्मी, भूपेन्द्रसिंह धामी,अनिता बस्नेतको पनि अभिनय रहेको छ । जाङ्मु शेर्पा, फुर्वा याङ्जी शेर्पा र निमा शेर्पा श्रेष्ठले लगानी रहेको यस चलचित्र प्रत्येक अभिभावकहरुलाई आफ्ना सन्तान प्रति सचेत गराउने उद्देश्यले बनाइएको हो। यस चलचित्रलाई दर्शकले निकै मनपराएका छन् । चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ।

movie: