तक्मेबुढा र सुनिल थापा फेरी अर्को बलिउड फिल्ममा खेल्ने

...

takme buda and sunil thapaपुस २१, काठमाडौं । बलिउड फिल्म ‘मेरी कोम’ बाट बलिउडमा कमब्याक गरेका कलाकार सुनिल थापा फेरी अर्को बलिउड फिल्ममा खेल्ने भएका छन् । फिल्ममा नेपाली कलाकारबाट सुनिल थापाका साथमा बिल्सन बिक्रम साई (तक्मे बुढा) पनि खेल्ने पक्का भएको छ । यि दुई कलाकार विनय शर्माको निर्देशनमा बन्ने ‘भाइ मस्ट वी क्रेजी’ मा देखिने भएका हुन् । जसमा चर्चित बलिउड अभिनेत्री विपशा वासुको मुख्य भूमिका रहने छ ।

फिल्म युनिटले जनाए अनुसार फिल्मको छायांकन नेपालमा हुने कुरा थियो तर पछि छायांकन थाइल्याण्डमा हुने पक्का भएको छ । फिल्म करिब ४५ दिन थाइल्याण्ड मै छायांकन हुनेछ । फिल्मका लागि सुनिल थापासँग सम्झौता भइसकेको र बिल्सन सँग भने सम्झौता हुन बाँकी रहेको बताइएको छ । बिल्सनसँग पनि केहि दिनमै सम्झौता हुँदैछ । बिल्सन यसअघि पनि बलिउडको एक टेलिश्रृंखलामा आउने भन्न समाचार बाहिरीएको थियो तर उनी बिबिध कारण आउँन सकेनन् ।