सुशान्तकोलागि अङ्किताको त्याग

मुम्बई,एजेन्सी ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको हाल नौ महिना पुगिसकेको छ। बलिउडमा उनको निधनको असर हाल सम्म देखिरहेको छ। यसको असर उनकी प्रेमिका रिया चक्रवर्तीलाई अझ बढि देखिएको छ। उनको अगाडीको करियर बलिउड क्षेत्रमा अब छैन भन्दा फरक नपर्ला। राजपुतको आत्मा हत्यापछि उनकी पुर्वप्रमिका अङ्किता लोखन्डे भने बेलाबेलामा चर्चामा रहँदै आएकी छिन्। उनी सुशान्तसँग लामो समयसम्म रिलेसनशिपमा थिइन्। टिभी शो 'पवित्र रिश्ता' बाट गहिरो प्रेम सम्बन्धमा रहेका उनीहरु एक अर्काको  निकै ख्याल राख्ने गर्थे। तर सुशान्तले २०१३ बाट चलचित्रमा हात हालेपछि उनीहरुको प्रेमसम्बन्धमा खटपट आयो र उनीहरु फरक बाटो हिड्न थाले।

हाल अंकिताले एक अन्तरवार्तामा सुशान्तका लागि आफूले धेरै मौका गुमाएको बताएकी छिन्। उनले शाहरुख खानको चलचित्र ‘ह्याप्पी न्यु ईयर’को अफर समेत सुशान्तकोलागि छाडेको बताएकी छिन्। उनी आफू भन्दा सुशान्त अगाडी रहेको हेर्न चाहन्थिन्। आफ्नो भन्दापनि उनी सुशान्तको करियर बनेको हेर्न चाहान्थिन्। यतिमात्र नभएर उनले रणवीर संगको ‘बाजीराव मस्तानी’ पनि छाडेको बताएकी छिन्। निर्देशक सञ्जयलिला भंसालीले उनलाई धेरै पटक कर लगाउँदा पनि आफूले हाल बिवाह गर्न लागेको बताउँदै टारेको बताइन्। अङ्किताले अभिनय करियरको शुरुवात टिभी शो ‘पवित्र रिश्ता’बाट शुरु गरेकी हुन्। त्यसपश्चात उनी ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’मा पनि देखिएकी  छिन्। उनले कंगनाको चलचित्र ‘मर्णिकर्णिका’मा समेत अभिनय गरेकी छिन् ।