मिलन लामाले जन्मदिन परेकाहरुको माझमा गित गाउँने, तपाई छुट्नुहोला है ?

...

milan lama with chepang students , chitwanपुस २२, काठमाडौं ।  चर्चित गायक मिलन लामाले यहि आउँदो पुस २५ गते जन्मदिन परेकाहरु माझ बृहत कार्यक्रम गर्ने भएका छन् । गायक लामाले चितवनको खैरेनी १, करैयामा अवस्थित चेपाङ बिद्यालय प्रांगणमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएका हुन् ।

चितवन घर भएका गायक मिलनले चितवन लगायत बिभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएका छन् । यस्तैक्रममा बिगत लामो समय देखि मिलनले सहयोगका हात अगाडि बढाउँदै आएका खैरेनीको अन्त्योदय चेपाङ बिद्यालयका लागि सहयोग स्वरुप सो कार्यक्रम गर्ने भएका हुन् । कार्यक्रममा पुस २५ गते जन्मदिन पर्ने सम्पुर्णलाई उक्त कार्यक्रममा आउन आग्रह समेत गरीएको छ । चेपाङ जातीहरुलाई शिक्षा दिँदै आएको अन्त्योदय चेपांग बिद्यालयको सहयोगका लागी मिलनले आफुले यस्तो कार्यक्रम गर्न लागेको बताए ।

“बिगत लामो समय देखि जनजाती बिद्यार्थीलाई आवास सहित शिक्षा दिँदै आएको यस बिद्यालयलाई सहयोग गर्नु हाम्रो कर्तब्य पनि हो, २५ गते सम्पुर्णलाई आउन आग्रह गर्दछु”, मिलनले आर्टिस्ट खबरसँग कुरा गर्दै भने । साथै मिलनले जन्मदिन पर्नेहरुको लागि मात्र किन बिशेष बनाउनु भएको भन्ने प्रश्नमा उनले फरक तरिकाले कार्यक्रम गर्न लागेको बताए । साथै उनले जन्मदिन नपर्ने जोकोहि पनि कार्यक्रममा सामेल हुन सक्ने बताए।

कार्यक्रममा मिलनको साथमा अन्य थुप्रै कलाकारहरुको पनि प्रस्तुती रहने बताइएको छ । जन्मदिनको पार्टी भनेर बिभिन्न रेष्टुरेष्टमा गएर खुसी मनाउनु भन्दा बिद्यालयका बिद्यार्थीहरु बिच सामुहिक जन्मदिन मनाइयो भने त्यो अविस्मरणीय हुने र ठुलो सहयोग पनि हुने मिलनले बताए ।

बिद्यालयका सस्थापक स्व. इश्वर काजी ढुंगाना हुन् । उक्त बिद्यालयमा अहिले १८० जनजाती बिद्यार्थी अध्ययनरत छन् ।
कार्यक्रमको बारेमा बिस्तृत रुपमा बुझ्नका लागि स्वयम् गायक मिलन लामालाई सम्पर्क गर्न सक्नुहुनेछ ।
जसका लागि मोबाइल नं. ९८४१२८९६२२ मा सम्पर्क गर्नसकिनेछ । बिस्तृत जानकारीका लागि आर्टिस्ट खबर परिवारमा पनि सम्पर्क गर्न सक्नुहुनेछ । ९८०३०८२५५३