सुनिता दुलालसँग दिलिप रायमाझी घरबार जोड्न खोज्दै (भिडियो)

...

sunita dulal and dilip raymajhiपुस २३, काठमाडौं । गायिका सुनिता दुलालले यहि २०१६ भित्र बिवाह गर्ने चर्चा चलिरहँदा उनको चर्चित गित ‘झम्केफुली’ बजारमा फरक तरिकाले बाहिरीएको छ । यस अघि सबैले सुनेको ‘झम्केफुली नाकैमा बुलाकी’ गित नयाँ स्वरुपमा बजारमा आएको हो ।

अ्रगेजी २०१६ भित्रै विवाह गर्ने समाचार बाहिरीरहँदा बिवाह सम्बन्धि नै गित बजारमा ल्याएर सुनिता अझ दर्शक माझ चर्चित बन्न पुगेकी छिन् । नेपाली संस्कृति सँग सम्बन्धित थुप्रै गित बजारमा ल्याएर लाखौं दर्शक तथा स्रोताको मनमुटुमा बसेकी सुनिता देश भन्दा बिदशका कार्यक्रममा बढि ब्यस्त हुन्छिन् । नेपालमा झम्केफुली गित बाहिरीरहँदा उनी भने ब्रिटिश गोर्खा नेप्लिज काउन्सिलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बेलायत उडिन् ।

गायक धु्रवराज खड्का र सुनीताकै दाई धमेश दुलालको स्वर रहेको गीत ‘झम्के फूली नाकैमा बुलाकी’ अहिले नयाँ स्वरुपमा बजारमा आएको छ । नयाँ गीतमा धमेश र खड्कासंगै सुनिताले पनि स्वर दिएकी छिन् । भिडियोमा नायक दिलिप रायमाझी र सुनिता दुलालको अभिनय देख्न सकिन्छ । अहिले अमेरीका रहेका दिलिप सुनितासँग घरबार जोड्ने गितमा मज्जैले नाचेका छन् ।