‘बाग्मती’ हेर्न जानेलाई उपहारै उपहार, बाईक देखी सुनको सिक्कासम्म

...

bagmati nepali movieपुस २३, काठमाडौं । भोली अर्थात पुस २४ गतेबाट देश भर प्रदर्शनमा आउने फिल्म ‘बाग्मती’ले प्रचार प्रसारको नयाँ शैली अपनाएको छ । दर्शकलाई हलसम्म तान्ने यो एक नयाँ र फरक तरिका हो । ‘बाग्मती’ फिल्म हेर्न हलसम्म पुग्ने दर्शकले बिभिन्न उपहार पाउने भएका छन् । उपहारमा इलेक्ट्रिक बाइक देखी सुनको सिक्कासम्म राखिएको छ ।

‘बाग्मती’को उपहारमा हरेक दिन सुनको सिक्का, हरेक हप्ता मोबाइल फोन, कलाकारसँग डिनरको ब्यवस्था, होलीडे प्याकेज, औंठी, सिक्री, बाला दिइनेछ । हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरी १ जना भाग्यशाली दर्शकलाई सुनको सिक्का दिइनेछ । सम्पूर्ण दर्शकमध्ये एक जनालाई बम्पर उपहार स्वरुप इलेक्ट्रिक बाइक उपलब्ध गराउने बताइएको छ ।
shiva shrestha and keki adhikariआज (बिहिबार) राजधानीमा भएको एक पत्रकार सम्मेलन कार्यक्रममा कलाकार बन्न चाहानेहरुका लागि एक अवसरको बाटो पनि खुलाइएको बताइयो । कुपनको पछाडिपट्टी राखिएको र्फम भरेर कोही पनि कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बीग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरले बनाउने चलचित्रमा खेल्ने अवसर पनि पाउने कार्यक्रममा बताइयो ।
shiva shrestha.ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘बाग्मती’मा राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरीको मुख्य भूमिका रहेको छ । फिल्मका दिनेश दर्शनधारी र विजय सत्याल निर्माता हुन् भने दक्षिण भारतीय निर्देशक सन्नी केरलाले फिल्मलाई निर्देशन गरेका हुन् । कार्यक्रममा चलचित्र पत्रकार संघलाई नगद ३० हजार सहयोग गरिएको थियो ।