हनी सिंहमाथि पत्नीले लगाइन् घरेलु हिंसाको मुद्दा

मुम्बई (एजेन्सी)

लोकप्रिय ¥यापर हनी सिंह अर्थात् हृदयेश सिंहविरुद्ध उहाकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको मुद्दा दर्ता गर्नुभएको छ । तलवारले दिल्लीको तीस हजारी कोर्टमा मुद्दा दर्ता गर्नुभएको हो । उहाले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेको बताइएको छ । मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइएको थियो ।

अदालतले हनी सिंहलाई यस विषयमा २८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गरेको छ । अदालतले शालिनी तलवारको पक्षमा अन्तरिम आदेश पनि जारी गरेको छ । जसमा हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक लगाइएको छ । वकिलहरू सन्दीप कपुर, अपूर्व पाण्डे र जीजी कश्यपले तलवारको पक्षबाट मुद्दा दायर गर्नुभएको थियो ।

हनी सिंह र शालिनी तलवारको सन् २०११ मा दिल्लीस्थित एक गुरुद्वारामा विवाह भएको थियो । सन् २०१४ मा इन्डियाज रकस्टार नामक रियालिटी शोमा हनी सिंहले आफ्नो पत्नीलाई सबैलाई चिनाउनु भएको थियो । पत्नी तलवारले हनी सिंहमाथि शारीरिक र मानसिक हिंसाको आरोप लगाउनु भएको छ ।