चाईनिज न्यु ईयरमा मुना थापा, हेमन्त र प्रकाशकोे टोली मेलसिया जाँदै

...

malasia picपुस २४, काठमाडौं । नेपालमा मेला महोत्सव शुरुहुने क्रम बढ्दै जाँदा देश बाहिरका नेपाली कार्यक्रमहरु पनि बढ्न थालेका छन् । प्रदेशमा बैदेशीक रोजगारीका लागी तथा अन्य तरिकाले बस्दै आएका नेपालीहरुलाई मनोरञ्जन दिने तथा अन्य सामाजिक कार्यका लागि गरीने कार्यक्रमहरु साप्ताहिक जसो भईरहेको पाउँछौ ।

यस्तैक्रममा पछिल्लो समय मलेसियामा पनि नेपाली कार्यक्रमहरु बढ्दै गएका छन् । आउँदो चाईनिज न्यु ईयरमा मलेसियाका तिन ठाउँमा उक्त कार्यक्रम हुने भएको हो । जसमा नेपालका बिभिन्न ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ । कार्यक्रम फ्रेबुअरी ७,८ र ९ मा हुँदैछ । जोहोरबारु स्थित न्यु योर्क होटेलमा फेब्रुअरी ७ तारिक, कुलुवाङ प्राइम सिटि होटेल ८ तारिक र मुहार ट्रेडर्स होटेल ९ तारिक हुने कार्यक्रम संयोजक सुबास गोर्खालीले बताए ।

कन्सर्ट कार्यक्रममा नेपालबाट चर्चित गायिका मुना थापा मगर, चर्चित लोक दोहोरी गायक प्रकास कटुवाल, आधुनिक गायक हेमन्त शर्मा, नायिका तथा मोडेल रन्जिता गुरुङ, हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) रहेका छन् । साथै उक्त कार्यक्रममा स्थानिय ईन्टरटेनमेन्ट ग्रुपको बेजोड प्रस्तुति रहने बताइएको छ ।