तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ ।  अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अवार्डको दुई संस्करण भव्यरुपमा सम्पन्न भइसकेको छ ।

कोभिडको कारण सुस्ताएको नेपाली संगित क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिे जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ बैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।

तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ  । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।