संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी

आर्टिट खबर/ असोज, काठमाडौं ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी।।।बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ ।

यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बासकोटाले नै निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो

अभिनेता दिवस उप्रेती र अभिनेत्री बेनिशा हमालको राम्रो अभिनय उक्त गीतको भिडियोमा देख्न सकिन्छ । गायक पाण्डेलाई पनि भिडियोमा देख्न सकिन्छ ।

दुई वटा गीत आफ्नो स्वरमा रेकर्ड गराएका यी नवोदित गायकले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए । स्कुले जीवन देखिनै गीत गाउने शौख भए पनि ब्यबसायबाट अबकास लिँदै गरेको अहिलेको अबस्थामा बल्ल आफु गायनमा लागेको पाण्डेले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।

किशोरको स्वर निकै मिठो भएकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बासकोटाले बिमोचन कार्यक्रममा बताए । गायनमा लाग्ने चाहना पहिलादेखि नै भए पनि अहिले किशोर पाण्डेलाई गायनमा ल्याउन पाउँदा आफुलाई खुसी लागेको पनि बासकोटाले बताए । किशोर पाण्डे नेपालका कुशल पर्यटन व्यबसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाईल ब्यबसायमा स्थापित छन् ।

भिडियो