शिव र भूवनको एउटै बोली, गौरी मल्ल महानायिका

गोपिकृष्ण चापागाईं/  असोज, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रमा निकै विवाद र बहसको बिषय बनिरहने महानायक र महानायिकाको उपाधि लाई लिएर अहिलेपनि चर्चा भइरहेको छ । अभिनेता राजेश हमाललाई चलचित्र प्राविधिक संघले कुनै समय महानायकको उपाधि थमाइदिएपछि दर्शकहरुले पनि महानायक भन्दै आएका छन् । यस्तै केहि समय अघिमात्रै राजेश हमालकै हातबाट अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइयो । सरकारी निकायबाट नभई कुनै संस्थाको मातहतबाट दिइएको यी उपाधि चलचित्रक्षेत्रकै कतिपय चलचित्रकर्मिले भने स्विकार्न तयार छैनन् ।

नेपाली चलचित्र क्षेत्रमा यो बिषयमा चर्चा गरिरहने दुई समुह छ । एक समुहले राजेश हमाल र करिश्मा मानन्धरलाई महानायक र महानायिका मान्नुपर्छ भन्छन् भने अर्को समुहरुले भूवन केसीलाई महानायक मान्नुपर्छ भन्छन् । कुनै ब्यक्ति तथा संस्थाले आआफ्नो तरिकाले यि उपाधि दिएपनि सरकारी तबरबाट भने अहिलेसम्म कुनैपनि चलचित्रकर्मिले कुनैपनि किसिमका उपाधि पाउनु भएको छैन ।

‘‘गौरी मल्ल अभिनयको महारानी, महानायिका हो ।’ अभिनेता भूवन केसीले यि कुराहरु भनिसकेपछि अर्का अभिनेता शिव श्रेष्ठले पनि गौरी मल्ल चलचित्र क्षेत्रको महानायिका हो भन्दै सम्बोधन गर्नुभयो ।’’

यस्तै आइतबार पनि यो बिषयमा निकैबेर चर्चा चल्यो  । यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘डाँडाको वरपीपल’को गीत रिलिज कार्यक्रममा चलचित्रकर्मि र सञ्चारकर्मिहरुबिच लामैसमय प्रश्नउत्तर चल्यो । चलचित्रका निर्देशक शोभित बस्नेतले नेपाली चलचित्र क्षेत्रका एकमात्र महानायक भूवक केसी भन्दै सुरु गरेको सम्बोधनबाट गौरी मल्ललाई महानायिका सम्मको उपाधि दिने कुरासम्म पुगेको थियो ।

नयाँ बानेश्वरस्थित ‘आईप्लेक्स मल’को वन सिनेमा हलमा आयोजीत कार्यक्रममा चलचित्रका कलाकारहरु अभिनेता भूवन केसी, शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, कलाकार तथा निर्देशक शोभित बस्नेत लगायतको टिम उपस्थित थियो । निर्देशक बस्नेतले अभिनेता भूवन केसीलाई स्टेजमा निम्त्याउने क्रममा ‘नेपालका एकमात्र महानायक भूवन केसी, उहाँलाई म यहाँ निम्त्याउन चाहान्छु’ भनेपछि केहि चलचित्रकर्मि र सञ्चारकर्मिले मुखामुखमा हेराहेर गरेका थिए । केहिबेरमा फेरी निर्देशक बस्नेतले यस्तो भन्नुभयो, ‘जसले श्रीमतीलाई अर्काको अंगालोमा हाल्न अनुमति दिएर चलचित्र बनायो, जसले आफ्नो सन्तानलाई चलचित्रमा ल्यायो, जसले कैंयो चलचित्रमा लगानी गरेर चलचित्र क्षेत्रलाई यहाँसम्म ल्यायो । उहाँलाई महानायक नभनेर जसले यो क्षेत्रका लागी एक रुपैंया खर्च गरेको छैन उसलाई महानायक कसरी भन्नु ?’

केहि बेर चलचित्रको बिषयमा आफ्नो भनाई राख्नुभएका कलाकारहरुबाट अभिनेता भूवन केसीले गौरी मल्लको नाम लिएर सम्बोधन गर्नेक्रममा नेपाली चलचित्र क्षेत्रकी एकमात्र महानायिका भनिदिनुभयो । ‘हाम्रो यस चलचित्रमा रियल महानायिका गौरी मल्ल पनि हुनुहुन्छ । मैले उहाँसँग सन्तान चलचित्रबाट कामगरेको थिएँ । पछि कन्यादान हुँदै थुप्रै चलचित्रमा काम गरियो ।’ भूवनले भन्नुभयो । ‘गौरी मल्ल अभिनयको महारानी, महानायिका हो ।’ अभिनेता भूवन केसीले यि कुराहरु भनिसकेपछि अर्का अभिनेता शिव श्रेष्ठले पनि गौरी मल्ल चलचित्र क्षेत्रको महानायिका हो भन्दै सम्बोधन गर्नुभयो ।

त्यतिकैमा अर्को कुनै संस्थाले अभिनेत्री करिश्मालाई महानायिकाको ट्याग दिइसकेको छ फेरी तपाईहरु गौरी मल्ललाई महानायिका भन्दै हुनुहुन्छ नि भन्ने सञ्चारकर्मिको प्रश्नमा निर्देशक शोभित भन्नुहुन्छ, ‘एक संस्थाथियो, जुन संस्थाको कुनै औचित्य नै थिएन जस्तो लाग्छ । त्यो संस्थाले स्पोन्सरलाई ल्याउनका लागी के भन्यो भने हामी करिश्मा मानन्धरलाई ल्याएर राख्छौं, महानायक राजेश हमाल आइहाल्नुहुन्छ, तपाईको स्पोन्सरको पैसा आइहाल्छ ।’ शोभतले कुनै संस्थाले उपाधि दिदैमा सबैले स्विकार गर्नैपर्छ भन्ने नहुने आशय देखिन्थ्यो । यतिकैमा अभिनेत्री गौरी मल्लले पनि यो बिषयमा बोल्नुभयो । अगाडी सञ्चारकर्मिले प्रश्न गर्छन, ‘नेपाली चलचित्र क्षेत्रका दुई खम्बाले तपाईलाई महानायिका भन्दै गर्दा तपाई यो बिषयमा के भन्नुहुन्छ, स्विकार्नु हुन्छ ?’ यो प्रश्नमा गौरी भन्नुहुन्छ, ‘म कुनैपनि उपाधि चाहिन्छ, पाउनुपर्छ भन्ने मान्छे होइन । यो क्षेत्रमा काम गरेको तीनदशक पार भइरहदा म कुनै सर्वश्रेष्ठ बनौंला भन्ने ठानेकी थिइन् । यो देशमा यस्तो महानायक, महानायिका उपाधिको कुनै औचित्य नै छैन । यो उपाधि पाउनु भनेको फुलमाला लगाएर सम्मान दिएर फोटो भित्तामा टाँसे जस्तै हो । कुनैपनि उपाधि कागलाई हेल्मेट लगाए जस्तो हुनुहुदैन । कुनै पनि उपाधि दिएपछि त्यो मान्छेले थेग्न सक्ने हुनुपर्छ ।’

अभिनेत्री करिश्मा मानन्धरलाई आरके इन्टरटेनमेन्टले आफ्नो बीसौं वार्षिकोत्सवको अवसरमा केहि चलचित्रकर्मिहरुलाई जमघट गराएर अभिनेता राजेश हमालको हातबाट महानायिकाको उपाधि थमाइदिएको थियो । त्यसपछि चलचित्र क्षेत्र भित्रकै कतिपय चलचित्रकर्मिहरुले कुनै संस्थाले उपाधि दिदैमा स्विकार्य नहुने बताउँदै आएका थिए ।

चलचित्र ‘डाँडाको वरपीपल’ यहि असोज २६ गते फुलपातीको दिनबाट सिनेमा हल र ओटीटीमा एकसाथ प्रदर्शन हुँदैछ ।  सार्वजनिक गीतमा स्व. खेमराज गुरूङ र रिमा गुरूङ होडाको स्वर, उमंग लामा र केशव चौलागाइईंको शब्द, उमंग लामाको संगीत र फणिन्द्र राइको एरेन्ज छ । गीतको भिडियोमा सलोन बस्नेत, रूबिना थापा, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, विनोद न्यौपाने ,राजिब, प्रभात, अस्मिता, प्रदिप ,अप्स्ना लगायत फिचर्ड हुनुहुन्छ । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, प्रदिप गिरि , अप्सना थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय रहेको छ ।

बुढासुब्बा डिजटल प्रस्तुतिमा निर्माण भएको फिल्ममा कथा तथा निर्माण नवराज गिरीको रहेको छ । सरस्वती गिरी कार्यकारी निर्माता रहनु भएको छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन, मोती कार्की प्रोडक्सन डिजाइनर रहनुभएको छ ।

(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)

Video: