नचल्दै चर्चा कमाउने फिल्म ‘नाई नभन्नु ल-४’ को शिर्ष गीत बाहिरीयो (भिडियो)

...

nai navannu la 4 title songपुस २६, काठमाडौं । फिल्म ‘नाई नभन्नु ल भन्ने बित्तिकै हामी राम्रो चलचित्र हो भन्ने बुझ्छौं । ‘नाई नभन्नु ल’ नाम सुन्ने बित्तिकै दर्शकहरु एक किसिमको दृश्य दिमागमा सेट गरेका हुन्छन् । किनकी यो भन्दा तिन पटक दर्शकले नाई नभन्नु ल नामका फिल्म हेरीसकेका छन् ।

आउँदो चैत २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाई नभन्नु ल ४’ को पनि शिर्ष गीत सार्वजनिक गरीएको छ । यस भन्दा अघिका ‘नाई नभन्नु ल’ मा समावेश गीत हरु निकै हिट थिए । अब पनि सिक्वेल ४ मा समावेश कत्तिको हिट हुनेछन् । त्यो भने अबको केहि समय पछि थाहा हुनेछ ।

फिल्म ‘नाई नभन्नु ल ४’ मा समावेश राजेश पाएल राईको स्वरमा रहेको गीतमा बसन्त सापकोटाका शब्द तथा संगित रहेको छ ।

साथै यस फिल्मले नचल्दै ८५ लाख कमाउने निश्चित भएको छ । कतिपय यस्ता फिल्म हुन्छन् जुन फिल्म राम्रो चल्ने भन्दै एमजी पाउने गर्छन् । यस फिल्मलाई मिनिमय ग्यारेन्टी काठमाण्डौ बाहिरबाटवितरक एफडी कम्पनीले ५० लाख एमजी दिएको छ । त्यस्तै काठमाण्डौमा भने वितरक सुनिल मानन्धरले ३५ लाख एमजी दिएका छन् । फिल्ममा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउतको मुख्य भूमिका छ ।