डा. उपाध्यायको १२ औं उपन्यास मेरी प्रिया

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

विश्व किर्तिमान उपन्यासकार तथा गीतकार डा. डीआर उपाध्यायले आफ्नो १२ औं उपन्यास ‘मेरी प्रिया’ सार्वजनिक गर्नुभएको छ । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यो पुस्तकको बिमोचन गरियो । उपाध्यायका यस अघि ११ ओटा उपन्यास सार्वजनिक भइसकेका छन् । यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

उपन्यास मेरी प्रियालाई अग्रज साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, उपन्यासका डा. उपाध्याय, पत्रकार नरेश भट्टराईलगातले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, गीतकार चुडामणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठलगायतले समिक्षात्मक टिप्पणी गर्नुभएको थियो । बयालिस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ । जसको मूल्य ३५० रुपैयाँ राखिएको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा लोकार्पण समारोहमा पत्रकार, गीतकार डब्बु क्षत्री, गीता अधिकारी, संगीतकार तथा गायक सागर अधिकारी ‘शरद’, भिडियो निर्देशक माइकल चन्द,  सुरेन्द्र थापा, सुशिल खनाल, राधव भट्टराई, उत्तम मैनाली लगायतका अतथिहरूको उपस्थिति थियो । डा. उपाध्यायले गीत संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गर्नुभएको छ । उहाँका २४ एल्वमका सयौ गीत सार्वजनिक छन् ।