खोजिदै टिकटक स्टार, बिजेतालाई कार

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

पछिल्लो समयको विश्वब्यापी लोकप्रिय भिडियो एप टिकटकमा भिडियो बनाउनेहरुको भिडबाट उत्कृष्ट टिकटक स्टार खोजिने भएको छ । आयोजक शिखर नेपाल प्रा.लीले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ आयोजना गर्ने बताएको हो ।

अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने बताइएको छ । प्रथम हुनेलाई ३५ लाख बराबरको कार, दोस्रो हुनेलाई मोटरसाईकल र तेस्रोलाई स्कुटर उपहारसंगै टप १० भित्र पर्ने प्रतिस्पर्धीहरुलाई समेत कम्प्युटर, क्यामेरा, टि.भि., फ्रिज, मोवाईल, घडी लगायतका उपहार दिने शोका निर्देशक हरी शर्माले बताउनु भयो । शोको निर्णयकमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती र वर्षा सिवाकोटी रहनुहुनेछ ।

माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरुलाई समेत शिखर सम्मान प्रदान गरिएको छ । सदाबहार अभिनेता भुवन केसी, लोकप्रिय अभिनेता सरोज खनाल, वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल, कलाकार पुकार भट्टराई, सन्दिप अर्याल, साहित्यकार भिष्मराज फुलारा तथा संचारकर्मी सुदर्शन प्रसाद आचार्य ‘शिखर सम्मान २०७८’ द्धारा सम्मानित हुनुभएको छ ।

नाईस टेलिभिजन एचडीबाट प्रशारणमा आउने शोमा टेक प्रसाद बास्तोला निर्माताका रुपमा रहनुभएको छ । गायन, नृत्य, अभिनय तथा क्रियटिभ प्रस्तुति रहने भिडियो १५ सेकेण्ड देखि ३ मिनेट सम्मको हुनुपर्नेछ भने अनलाईन अडिसनको समय मंसिर मसान्त सम्म आव्हान गरिएको छ ।