यमुको ‘डाँडापारी’मा राजेश हमाल, राजेशको हातबाट अस्मितालाई ५० हजार सहयोग

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

अमेरिकामा रहेर गीत लेख्दै आएकी गीतकार तथा संगीतकार यमु शर्मा सुब्बाको नयाँ गीत ‘डाँडापारी’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा एक बिशेष समारोहका बिच गीतको प्रिमियर सहित सार्वजनिक गरियो ।

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत रहेको छ । भिडियोमा नेपाली चलचित्रका महानायक राजेश हमालसँगै गीता ढुंगानाको अभिनय छ । हाल अमेरिकामा बस्दै आएकी मेची महाकाली बुहारी संयुक्त आवाजको केन्द्रिय अध्यक्ष समेत रहेकी संगीतकार तथा गीतकार यमुले कार्यक्रममा उपस्थिती जनाउनु भएका अतिथि सबैलाई अमेरिकाबाटै धन्यवाद ब्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख अतिथि तथा गीतका मुख्य कलाकार महानायक हमालले ‘डाँडापारी’ गीतमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउँदै गीतकार तथा संगीतकार यमुलाई सम्झिए । ‘बिदेशमा रहेर पनि यमु शर्माजीले गीतसंगीत प्रति देखाएको मायाका कारण पनि मलाई अझ खुसी लाग्यो । यमु शर्मा भन्ने बित्तिकै उहाँले नेतृत्व गरिरहनुभएको मेची महाकाली बुहारी संयुक्त आवाज पनि जोडिन्छ । संस्थाले महिलाको हकहितका लागी गरेको काम देख्दा खुसी लाग्यो ।’ हमालले भने । ‘आज एउटा म्युजीक भिडियो रिलिज मात्र होइन, भिडियोसँगै थुप्रै कुराहरु जोडिएको छ । संस्थासँगको कुराहरु जोडिएको छ ।’

कार्यक्रममा गीतका गायक रामकृष्ण ढकाल र गायिका कविता श्रेष्ठले राम्रो गीत गाउने अवसर दिएको भन्दै गीतको निर्माता, गीतकार तथा संगीतकार यमुलाई धन्यवाद दिए । भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् भने ज्ञानेन्द्र शर्माले खिच्नुभएको हो । भिडियोमा अबिनाश डिसी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाजको तर्फबाट महिला फुटबल खेलाडी अस्मिता रनपललाई हमालको हातबाट ५० हजार रुपैंया हस्तान्तरण गरियो । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा फुटबल खेलेर देशभर नाम कमाइसक्दा पनि आर्थिकस्थित दयनिय भएको भन्दै भोलीको दिनमा खेल्नमा थप हौसला बढोस् भन्दै संस्थाले रकम हस्तान्तरण गरेको हो । सहयोग रमक लिदै अस्मिताले मेची महाकाली बुहारी संयुक्त आवाजले आफूलाई यसअघि पनि धेरैपटक सहयोग गरेको बताइन् । महानायक हमालको हातबाट रकम ग्रहण गर्न पाउँदा भाग्यमानी महसुस गरेको भन्दै भावुक भएकी थिइन् । कार्यक्रम पहिलो र दोस्रो चरण गरिसम्पन्न भएको थियो । पहिलो चरणमा सहयोग हस्तान्तरण र म्युजीक भिडियो सार्वजनिक गरियो भने दोस्रो चरणमा संस्थाले गरेको कामसँगै बिभिन्न जिल्लाबाट आउनुभएका जिल्ला संयोजकहरुले बोलेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि चलचित्र निर्माता संघका अध्यक्ष निर्माता तथा कलाकार आकाश अधिकारीले सहकर्मि अभिनेता हमालको कामप्रति प्रशंसा गरे ।

पुर्व देखी पश्चिमसम्मका महिलाहरुलाई संस्थामा आबद्ध गराएर महिलाकै बिशेष गरी बुहारीहरुको हकहितमा संस्थाले गरेको कामको प्रसंशा गरेका थिए ।  संस्थाकी केन्द्रिय उपाध्यक्ष कार्यक्रम सभाध्यक्ष चन्द्रा काफ्लेले बिर्सजन गरेको कार्यक्रमको दोस्रो चरणमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिपर्वा खड्की, संस्थाकी सल्लाहकार तथा विश्व हिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष जोसना साउद, कानुनी सल्लाहकार अधिवक्ता आचार्य तुल्सीराम पोखरेल, संस्थाको बाग्मती प्रदेश संयोजक अन्जिला श्रेष्ठ लगायतले बोलेका थिए । यस्तै बाजुराको महिला संघ जिल्ला सभापति अमृता सिंह, संस्थाको कैलाली संयोजक जागृती बोगटी, बझांग संयोजक शान्ति महत, कालिकोट संयोजक लक्ष्मी शाही लगायतको उपस्थिती थियो । कार्यक्रम पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेका थिए ।

४८ जिल्लाका बुहारीहरुसँग जोडिएको मेची महाकाली बुहारी संयुक्त आवाजमा १७ हजार बढी महिला आबद्ध छन् ।

Video link: