कल्की बिवाह नगरी आमा

मुम्बई (एजेन्सी)

बलिउड अभिनेत्री कल्की कोचलिन बिवाह नगरी आमा बन्नुभएको छ । सोमबार (१० जनवरी)मा आफ्नो ३८औँ जन्मोत्सव मनाउनु भएकी कल्की इजरायल मूलका पेन्टर गाइ हर्शबर्गसँग प्रेमसम्बन्धमा हुनुहुन्छ । उहाहरू लिभइन सम्बन्धमा छन् । तर, विवाह गरिसक्नुभएको छैन । यही सम्बन्धबाट कल्कीले २०२० मा छोरीलाई जन्म दिनुभएको हो ।

इजरायलका पेन्टरसँगको सम्बन्ध भन्दा अघि आफ्नो पहिलो चलचित्र सन् २००९ को ‘देव डी’को समयपछि निर्देशक अनुराग कश्यपसँग नजिकिनु भएको थियो । उहाहरूबीच प्रेम बस्यो र २०११ मा विवाह पनि भयो । तर, उहाहरूको वैवाहिक सम्बन्ध दुई वर्षभन्दा धेरै सकेन र सम्बन्धविच्छेद भयो ।

यस्तै कल्कीका आमाबुवा फ्रान्सबाट भारतको पान्डिचेरी आएर बस्नु भएको थियो । थुप्रै राष्ट्रिय अवार्ड जितिसक्नु भएकी कल्कीले आफ्नो बाल्यकालको कालो दिनबारे अन्तर्वार्तामा सेयर गर्नुभएको छ ।

कल्कीका अनुसार उहाको नौ वर्षको उमेरमा यौनशोषण भएको थियो । तर, उहाले यो कुरा लामो समयसम्म आफूभित्रै राख्नुभयो । कल्की १५ वर्षको हुँदा उहाको आमाबुवाको सम्बन्धविच्छेद भएको थियो र उहाको बुवाले दोस्रो बिहे गर्नुभयो । तर, कल्की भने आफ्नो आमासँग बस्नुहुन्थ्यो ।