‘द भ्वाइस किड्स’को उपाधि जेनिशलाई

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

‘द भ्वाइस किड्स’को उपाधि जेनिश उप्रेतीले जित्नुभएको छ । कोच प्रमोदका जेनिशले उपाधिसँगै जेनिशले ‘द भ्वाइस किड्स’को ट्रफी, १५ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो ।

उपाधि जितेपछि जेनिशले भन्नुभयो, ‘मलाई परिवारले एकदमै साथ दिनुभएको छ । मलाई गाइड गर्ने सबै कोचहरुलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु । मैले ममीको सपना पूरा गर्न सकेकोमा गर्व गर्न चाहन्छु । दर्शकलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।’ जेनिशलाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी र चेक प्रदान गर्नुभएको थियो ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरुको सहभागिता रहेको योे रियालिटी शोमा कोचको रुपमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी थिए । दर्शकले रुचाएको यो शो २० भागसम्म प्रशारण भएको थियो ।