पुस ३०, काठमाडौं । अभिनेत्री प्रियंका कार्की समय समयमा चर्चामा रहन्छिन् । यस्तैक्रममा यतिखेर प्रियंका कार्कीले फेरी चर्चामा आउने अर्को काम गरेकी छिन् । बुधबार राजधानीमा फिल्म फन्कोको एक कार्यक्रममा जाडोलाई पनी चुनौती दिँदै फरक खालको ड्रेस लगाएर आईन् । प्रियंकाको फरक खालको ड्रेस देखेपछि धेरै पत्रकारका क्यामेरा उनी तिरै खिचिए ।
प्रियंकाले केहि दिन अघिमात्र आफुले निर्देशन र अभिनय गरेको एक म्युजीक भिडियो सार्वजनिक गरेकी छिन् । जुन भिडियोबाट पनि उनको चर्चा चलिरहेको थियो । अन्य नायिका भन्दा अलि बढीनै फेसनमा ध्यान दिने प्रियंकाले हलिउड अभिनेत्रीले लगाउने पहिरनमा आउँदा सबैका ध्यान आफुतिर तान्न सफल भइन् ।