कोभिडका बिचपनि चलचित्र ‘मीरा’को शुभमुर्हुत

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

कोभिड १९ को महामारी फेरी फैलिरहेको अवस्थामा नेपाली चलचित्र क्षेत्र ठप्प छ । सरकारले यहि माघ १५ गतेसम्मका लागी सिनेमा हलपनि बन्द गरेको घोषणा गरेको छ । २५ जना भन्दा बढी भेला हुन नपाइने नियम लागू भएको छ । यो अवस्थामा चलचित्रसँगै म्युजीक भिडियोका छायांकनपनि प्रभावित बनेका छन् ।

तर कोभिडले पारेको अप्ठ्यारो अवस्थाका बाभजूद पनि नयाँ नेपाली चलचित्र ‘मीरा’को निर्माण सुरु गरिएको छ । चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा बन्ने भनिएको यो चलचित्रको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरियो ।

सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ । द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने यस चलचित्र शुभमुहुर्त समारोहमा चलचित्रका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गर्नुभयो । चलचित्रकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा चलचित्रका मुख्य कलाकारले चलचित्रकै संवाद बोल्नु भएको थियो ।

मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गर्नुभयो भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गर्नुभएको थियो । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गर्नुभयो । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गर्नुभयो । समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो । चलचित्रमा रजिना अर्यालले  यसै चलचित्रबाट डेब्यू गर्दैहुनुहुन्छ ।

चलचित्रमा रजिना अर्याल र रमेश क्षेत्रीसंगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री आदि कलाकारको पनि अभिनय रहनेछ । गोपाल कार्की र आरोही श्रेष्ठको यो चलचित्रमा लगानी रहनेछ । चलचित्रको कथा प्रेम बस्यालले लेख्नुभएको हो ।

समारोहमा चलचित्रको पोस्टर समेत अनावरण गरिएको थियो । स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो चलचित्र यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिनुभयो ।