निर्मल पुर्जाले दिए सलमानलाई नेपालमा निम्तो

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बलिउड अभिनेता सलमान खानलाई नेपाल आउनका लागी निम्तो दिइएको छ । उहालाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपालका लागी निम्तो दिनुभएको हो । पुर्जाले सलमानसँग नेपालमा छिट्टै भेट हुनेछ भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ । पुर्जाले लेख्नुभएको छ, ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ ।’

भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो बायोग्राफी पुस्तक समेत उपहार दिनुभएको छ । जुन उहाले शेयर गरेको तस्बिरमा समेत देख्न सकिन्छ । ७ महिना भित्रका संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राख्नु भएका पुर्जाले संसारका चर्चित सेलीब्रेटीलार्ई जुटाएर काठमाडौंमा एक कार्यक्रम गर्ने तयारी गरिरहनुभएको छ ।

सोही कार्यक्रममा सलमान समेत ल्याउने उहाको योजना छ । भेटमा सलमानलाई पुस्तक दिँदै नेपाल आउने निम्तो दिएको बताउनुभएको हो । सोही कार्यक्रममा पुर्जाले विश्व चर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्ज पनि ल्याउने तयारी गर्नुभएको छ ।

यसअघि दबङ रिलोेडेड कार्यक्रममार्फत सलमानलाई नेपाल ल्याउने तयारी गरिएको थियो । आयोजकले सलमान नेपाल आउने भन्दै थुप्रै पैसा समेत उठाएको थियो । तर कार्यक्रम विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो । सलमान सन् १९९२ मा चलचित्र ‘बुलन्द’ को छायांकनका लागि नेपाल आउनुभएको थियो । त्यसपछि सलमानले नेपालमा पाइला टेक्नुभएको छैन ।