दिपक दिपाको हातेमालो, नगद २ लाख र न्यानो कपडा बितरण

...

deepak raj giri and deepa shree niraulaमाघ १, काठमाडौं । कलाकार दिपक राज गिरी र दिपा श्री निरौलाले हातेमालो कार्यक्रमको सुरुवात गरेका छन् । उनीहरुले भुकम्पपिडितका लागी नगद २ लाख र न्यानो कपडा सहयोग गरेका छन् । ‘एमआरआर’ समुह मार्फत उनीहरुले भुकम्पपिडितलाई यस्तो सहयोग गरेका हुन् ।

उनीहरुले चलचित्र वडा नम्बर ६ बाट कमाएको फाइदाको १० प्रतिशतलाई वास्तविक करको रुपमा सहयोग गरेका हुन् । भूकम्प प्रभावितलाई न्यानो बाँड्न लुगा संकलन त गरे नै साथमा उनीहरुले आफ्नो गोजीबाट एक एक लाख रुपैँया निकालेर एमआरआर ग्रुपलाई हस्तान्तरण गरेका छन् । सिंगापुरमा हुने भनीएको एउटा कार्यक्रम स्थगित भयो । एडभान्समा एक लाख रुपैँया पैसा दिइएको थियो । सित्तैमा आएको सो रकम पनि दिपक दिपाले सामाजीक काममै खर्चीने बताएका छन् । एचआईभी संक्रमीत बालबालिकाको शिक्षाका लागि त्यो एक रुपैँया खर्च गर्ने उनीहरुले बताएका छन् ।

deepak raj giri and deepa shree niraulaदिपक दिपाले एनजीओ, आइएनजीओको मार्फत जानुभन्दा यूवाहरुको माध्यमबाट जानु राम्रो हुने भएकाले आफूहरुले सहयोग गरेको बताए ।

भिडियो पनी हेर्न सक्नुहुनेछ ।