पाँडेको आमाको उपचारमा ५० लाख खर्च भएको हो? (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चर्चित हाँस्य सिरियल सक्कीगोनीका लेखक, निर्देशक तथा कलाकार अर्जुन घिमिरे पाँडेले हिजो (माघ २९, शुक्रबार) आफ्नी ममतामयी आमालाई गुमाउनु पर्यो । बिगत २ सय ५० दिनदेखी काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचाररत आमालाई निको हुन्छ कि भन्दै अर्जुन हरदम प्रयास गरिरहेका थिए ।

मध्यम परिवारका अर्जुनका जम्मा तीन दाजुभाई हुन् । तीनै जना दाजुभाई अस्पतालमा आमाको निकै हेरबिचार गर्दथे । अन्ततः जतिसुकै कोशिस गर्दा पनि आमालाई बचाउन नसक्दा अर्जुनसँगै सक्कीगोनी टिमनै भावविहोल भएको छ ।

उपचारमा ५० लाख खर्च?

अर्जुनले आमालाई बचाउनका लागी उपचारको क्रममा जतिसुकै खर्च लागेपनि तयार थिए । आफ्नी आमा भन्दा ठुलो कुनैपनि कुरा नहुनेभएकाले  ‘आमाको स्वास्थ्य अवस्था ठीक ठाउँमा आइदिए चित्त बुझाउने बाटोसम्म हुने थियो’ भनेका थिए । तर ठुलो रकम खर्च पनि भयो, आमालाई पनि बचाउन सकेनन् ।

हामीले यसैबिषयमा ग्रिनसिटी अस्पतालका सञ्चालक एलबी टण्डनसँग कुराकानी गर्यौं । उपचारको क्रममा ५०, ६० लाखको बिल आयोरे नि हो ?

अस्पतालका सञ्चालक एलबी टण्डनसँग अर्जुन घिमिरे पाँडे निकै नजिक थिए । लामो समयदेखी बाग्मती सरसफाइ अभियान होस् या अन्य सामाजिक काममा टण्डन र अर्जुन प्रायसँगै देखिन्थे । आफूहरुबिच पारिवारीक सम्बन्ध भएकाले पनि अस्पतालले एक रुपैंया पनि डिपोजिट राख्न नलगाएको र थुप्रै सेवासुविधा दिएको बताएका छन् ।

शव निकाल्दा मात्रैपनि ३० लाखको बिल ?

शुक्रबार बिहानै २ बजे अर्जुनको आमाको मृत्यु भएको खबर अस्पतालले दियो । अर्जुनको परिवारले शबको अन्त्येष्टिका लागी ७ बजे आर्यघाट लैजाने तयारी गरिरहेको थियो । तर अस्पतालसँग बिलको कुरा नमिलेको र बिल मिलाउने क्रममा केहि घण्टा ढिलो हुन पुगेको पनि थियो । अस्पतालबाट शव निकाल्दा बिहानको ८ बजेर ५ मिनेट गएको थियो ।

अर्जुनले उपचारको क्रममा बिचमा २० लाख भन्दा बढी तिरिसकेको र  बाँकी रकम हिसाब गर्दा शब निकाल्ने समयमा ३० लाखको बिलिङ भएको अर्जुनका आफन्तले शब निकाल्नेक्रममा बताएका थिए । तर अर्जुन अथवा अस्पतालले यकिन यतिनै खर्च भयो भन्ने बारे भने जानकारी गराएको छैन ।

Video Report: