महानायक हमालको अभिनयमा ‘बिरानो शहर’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । 'बिरानो शहरमा' बोलको गीतमा गजलकार शान्ति शर्माको शब्द रहेको छ भने गायक  स्वरूपराज स्वर छ । वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गीत को मिक्सिङ्ग तथा मास्टरिङ्ग गर्नुभएको छ ।

प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गर्नुभएको हो । भिडियोमा महानायक राजेश हमालसँगै सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गर्नुभएको छ ।