‘चिसो मान्छे’को सस्पेन्स टिजर

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा स्वस्तिमा खड्कालाई कर्णाली भेगको महिलाको भेषभुषामा देख्न सकिन्छ । सार्वजनिक १ मिनेट १५ सेकेन्ड लम्बाईको टिजर रोचक र बलियो बनेको छ । अर्पण थापाको सस्पेन्स भूमिकाले खुलदुली पैदा गर्छ ।

यूट्युबमा टिजर रिलिजसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रायःले स्वस्तिमाको लुक्स र अभिनयको प्रशंसा गरेका छन् । यो चलचित्र उहाको करिअरको गेम चेन्जर बन्ने दाबी समेत गरिएको छ । यसअघि निर्माण टिमले सार्वजनिक गरेको पोस्टरबाट पनि स्वस्तिमाले वाहवाही बटुल्नुभएको थियो ।

शर्मिला पाण्डेको लगानीमा निर्माण भएको चलचित्रमा स्वस्तिमा र अर्पणका अलावा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको निर्देशनसँगै कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र स्वयंको हो । दीर्घ खड्काले चलचित्रलाई सम्पादन गर्नुभएको छ । चलचित्र आउँदोबर्षको असार ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ ।