गसिपः एउटै कार्यक्रममा घण्टौंसम्म बसेका पुजा र आकाश एकपटक पनि बोलेनन् (भिडियो रिपोर्ट)

गोपिकृष्ण चापागाईं/ चैत, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका हुन् पुजा शर्मा । आफुले काम गरेका चलचित्र भन्दा प्रेम सम्बन्धकै कारण बढी चर्चामा आउने पुजाले प्रेमी सार्वजनिक गरेको कुरा त थाहा पाइसक्नु भयो होला । केहि समय यता नायिका पुजा युद्ध बानियासँग गहिरो प्रेम सम्बन्धमा छिन् । जुन उनले आफ्नै फेसबुक मार्फत आफ्ना दर्शकलाई जानकारी गराइसकेकी छिन् । अहिले प्राय कुनैपनि कार्यक्रममा पुग्दा पुजा र युद्धसँगै हिड्ने गर्छन् । यो जोडीको टिकटक पनि हेर्न पाइन्छ ।

यो त भयो पुजा आफैले सार्वजनिक गरेको प्रेमीको चर्चाको कुरा । प्रेमी सार्वजनिक गर्नुभन्दा अघि पुजाको प्रेमको चर्चा पनि नचलेको होइन् । पुजा आफूले प्रेम स्विकार नगरेको भएपनि मिडिया तथा सामाजिक सञ्जालमा पुजाको अन्य केहि नायकसँग नाम जोडिने गरेको पाइन्थ्यो । चलचित्रमा सँगै काम गर्ने क्रममा नायक प्रदीप खड्का, पल शाहहुँदै नायक आकाश श्रेष्ठसम्म आउँदा पुजाको प्रेमको चर्चा निकै चलेको थियो । यद्धपी पुजा र आकाशले आफूहरु मिल्ने साथी मात्र भएको बताउँदै आएका थिए ।

पुजा र आकाशका फ्यानहरु भने यो जोडीलाई रियल जोडीको रुपमा हेर्न चाहान्थे । त्यसैले जन्मदिन लगायतका बिशेष दिनमा यो जोडीलाई फ्यानले नै रियल जोडी बनोस् भन्दै बिभिन्न गिफ्ट पनि दिने गरेका थिए ।

अब कुरा गरौं, शनिबार सम्पन्न एक अवार्डको प्रसंगबाट,

गएको शनिबार, चैत १२ गते तेस्रो ज्योती फिल्मस् म्युजीक अवार्ड सम्पन्न भयो । महाराजगंजस्थित रोयल दरबार ईभेन्टस्मा आयोजीत उक्त अवार्डमा लोकदोहोरीसँगै चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थिती थियो । उक्त समारोहमा नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठको पनि उपस्थिती थियो । मिडियाकै हल्लाको कुरा गर्ने हो भने यो जोडीको ब्रेकअप भइसकेको खबर समेत बाहिरिएको थियो । त्यसैले पनि आम दर्शकलाई पुजा र आकाशलाई अब सँगै देख्न पाइदैन होला भन्ने लागेको थियो । तर शनिबार एउटै कार्यक्रममा पुजा र आकाश उपस्थित थिए । तर अचम्मको कुरा के भयो भने, झण्डै दुई देखी तीनघण्टा कार्यक्रममा बसेका आकाश र पुजा एकपटक पनि बोलेनन्, हाई हेल्लो पनि नगरेको देख्दा उपस्थित अन्य कलाकर्मिको पनि नजर उनीहरुमा पुगेको देखिन्थ्यो ।

कार्यक्रममा पुजा भन्दा आकाश केहि समय अघि पुगेका थिए । अतिथिहरुको रो भन्दा पछिल्लो रोमा निर्देशक काजिश श्रेष्ठसँग बसेका आकाशले बेष्ट मोडल अफ द ईयलको अवार्ड पाए । । त्यसपछि कार्यक्रममा पुजा शर्माको इन्ट्री हुन्छ । सबैको ध्यान पुजा तर्फ केन्द्रित हुन्छ, आकाशको पनि नहुने कुरै भएन । पुजा र आकाश दाँया र बाँया पट्टी बस्छन् । स्टेजको दाँया पट्टी पुजा र बाँया पट्टी आकाश छन् ।

केहि बेरमा पुजाले पनि रमरम मरौटी गीतबाट बेष्ट मोडलको अवार्ड पाउँछिन् । त्यो बेला आकाशले हेरिरहेका हुन्छन् । पुजाले कार्यक्रम सन्चालकको आग्रहमा गीत पनि गाइदिन्छन् ।

त्यतिबेला सम्म पनि यो जोडी छुट्टा छुट्टै छन् । आर्टिष्ट खबरको क्यामेराले यो जोडीलाई फ्लो गरिरहेको छ । अब केहि बेरमा पुजा बाहिर निस्किन्छन् । अर्थात अवार्ड कार्यक्रमबाट निस्किन्छन् । अवार्ड समारोहको बाहिर आर्टिष्ट खबरको अर्को क्यामेराले उनलाई कैद गरिरहेको थियो । र हामीले प्रश्न गर्यौं, निकै मिल्ने साथी भएर पनि आकाश जीसँग एकपटक पनि बोल्नुभएन नी ?

यस्तै नायिका पुजासँग प्रेमी युद्ध बानियासँगको कुरा पनि गरेका छौं । पुजा बाहिरिएको केहि बेरमा आकाश पनि निस्किन्छन् । आर्टिष्ट खबरले उनलाई पनि प्रश्न गर्छ, तपाईको मिल्ने साथी पुजा शर्मा पनि अवार्डमा हुनुहुन्थ्यो, उहाँले अवार्ड पाउँदा तपाई सँगै हुनुहुन्थ्यो तर बोलचाल भएननी ?

पुजा र आकाशले आआफ्नो तरिकाले उत्तर दिए । एकदिन अगाडी सुटिंगमा सँगै रहेको पनि जानकारी गराए । आफूहरु बिच मनमुटाव नभएको पनि जानकारी गराए । तर हामीले यहाँ बुझ्न सक्छौं कि पहिले जस्तो यो जोडीको निकटता पक्कै छैन । यति ठुलो अवार्ड समारोहमा दुबैजना उपस्थित हुदा र अवार्ड समारोहको पुर्व जानकारी हुँदा पनि एक कल फोन समेत पुजा र आकाशमा नभएको बुझ्न सकिन्छ ।

अब पुजाकै अन्तर्वार्तामा फर्किउँ, पुजाले आफ्नो प्रेमी युद्ध बानिया शाहरुख खान जस्तो लाग्छ समेत भनेकी छिन् । यस्तै अन्य थुप्रै बिषयमा कुरा भएका छन् । रमरम मरौटी गीतबाटै बेष्ट पुरुष मोडलको अवार्ड ओबि रायमाझिले पाएका छन् । उनीसँग पनि पुजासँगै राखेर कुरा गरेका छौं । तेस्रो ज्योती फिल्मस् म्युजीक अवार्डमा सम्मानीत सम्पुण कलाकर्मिलाई हार्दिक बधाई

भिडियो रिपोर्ट हेर्नुहोस्ः