दोहोरी प्रतियोगीतामा प्रकाश सपूतको ‘पिर’ गीत (भिडियो रिपोर्ट)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

आज चैत १६ गतेबाट १९ गतेसम्मका लागी भृकुटिमण्डपमा सुरु भएको दोहोरी प्रतियोगीताको उद्घाटन समारोह सकिएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा सयौं कलाकारहरुको उपस्थिती थियो । बिशेषगरी नेपाली लोक तथा दोहोरी गीत क्षेत्रका सबैजसो कलाकारको उपस्थिती भृकुटिमण्डपमा देखिन्थ्यो । वरिष्ठ देखी नयाँ कलाकारहरु उक्त कार्यक्रममा उपस्थित थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रम भएकाले पनि अधिकांश कलाकारहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन सत्रको बिचबिचमा केहि चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रमको उद्घाटन भएसँगै केहिबेरमा लोकप्रिय गायक प्रकाश सपूतले आफ्नो प्रस्तुती दिएका थिए । आफ्नो लागी जम्मा ६ मिनेटको समय रहेको भन्दै उनले दुईवटा गीत गाए । सुरुमा अहिले पछिल्लो समय सार्वजनिक र विवादमा पनि तानिएको उनको पिर गीत गाएका थिए भने त्यसपछि गलबन्दी गीत गाएर बिदा मागेका थिए । पिर गीत गाउँदै गर्दा प्रकाशलाई भृकुटिमण्डपको प्रांगणमा थुप्रै कलाकार तथा दर्शकले नाँचेर साथ दिएका थिए ।

बिशेष गरी प्रकाशको केहि समय अघि सार्वजनिक र विवादित गीत भएकाले पनि दर्शकले बिशेष रुपमा हेरेका थिए । प्रत्यक्ष रुपमा प्रकाशले गाएको हेर्न चाहाने दर्शक थुप्रै थिए । पिर गीत सार्वजनिक भइसकेपछि केहि मेलामहोत्सवमा प्रकाशले पिर गीत गाइसकेका छन् । काठमाडैंको भृकुटिमण्डपका लागी भने प्रकाशले पिर गीत पहिलोपटक गाएका हुन् । एकपछि अर्को गीत हिट दिइरहेका प्रकाश दर्शक तथा स्रोता माझ उत्तिकै लोकप्रिय छन् । उक्त कार्यक्रम परिसरमा प्रकाशसँग तस्बिर खिचाउन चाहाने दर्शकको पनि कमि थिएन ।

कार्यक्रममा अन्य थुप्रै चर्चित कलाकारहरुले पनि प्रस्तुती दिएका थिए ।

भिडियो रिपोर्ट हेर्नुहोस्ः