दोहोरी प्रतियोगीतमा नगरकोट दोहोरी साँझ प्रथम

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको छ ।

विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको हो । प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए ।  १६ चैतबाट काठमाडौंको भृकुटी मण्डप बँगैचामा यो प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयन सहित पुरस्कार प्रदान गर्दै आईतबार अबेर साँझबाट यो प्रतियोगिता सम्पन्न भएको छ ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझ बीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट हुनुभयो । उहाहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गर्नुभयो ।  प्रतिस्प्र्धा निकै प्रतिस्पर्धा भए पनि आफुहरुले आत्म विश्वासका साथ प्रस्तुत गरेको ससक्त तुक्काका कारण उत्कृष्ट भएको जीवन र अस्मिताले बताउनुभयो ।

यस्तै यो राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्धितीय भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्धितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । यस्तै सो प्रतियोगितामा यस पटक दुई समुहले तृतीय स्थान हाँसिल गरे । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्रप्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गर्नुभएको हो ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गर्नुभयो । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।

यसै गरी यस प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईले उत्कृष्ट महिला कलाकारको पुरस्कार जित्नुभयो । उहाहरुले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए । यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँसिल गरेको छ । उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरुले  प्रमाणपत्र र १० हजार रुपैयाँ पाए । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समुहलाई प्रोत्साह पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।